श्री प्राथमिक विद्यालय, नरसिंह -५ सुनसरीका पूर्व प्रधानाध्यपक (हाल अवकास प्राप्त) सिद्धिनाथ लाल दाससमेत ३ जना उपर सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।१२।२९ गते ।
----------------------------------------------------

चपडाही आधारभूत विद्यालय, हरिनगरा, सुनसरीका प्रधानाध्यापकसमेतले विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने व्यहोराको उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा श्री प्राथमिक विद्यालय नरसिंह -५ सुनसरीका पूर्व प्रधानाध्यपक (हाल अवकास प्राप्त ) सिद्धिनाथ लाल दास र महाविर प्राथमिक विद्यालय, वविया गाउँ विकाश समिति वडा नम्वर -९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोज कुमार चौधरीले तारणी प्रसाद खतिवडासँगको मिलेमतोमा जिल्ला शिक्षा कार्यालय सुनसरी ईनरुवाको लेटरप्याड, छाप तथा दस्तखत किर्ते गरी हेरफेर गर्नुका साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय इनरुवाबाट दस्तखत नमुना कार्ड नै परिवर्तन गरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा,  हरिनगरा गाउँपालिका -१, सुनसरीमा रहेको सोही बैंकको खाता नम्वरमा साविकको खाता सञ्चालकहरु प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट उक्त खाता सञ्चालन गरी रु.५,६०,०००।–रकम निकाली हिनामिना गरेको देखिएको हुँदा प्रतिवादीहरु सिद्धिनाथ लाल दास र मनोज कुमार चौधरीले गरेको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर रहेको साथै प्रतिवादी तारणी प्रसाद खतिवडाले आफ्नो ओहदाको कर्तव्य पालना गर्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको कार्यमा निजहरु सिद्धिनाथ लाल दास र मनोज कुमार चौधरीले सोही ऐनको दफा १७ को कसुरको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजहरुलाई हिनामिना भएको रकम रू.५,६०,०००।– बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ११ बमोजिम तथा सोही ऐनको दफा १७ को कसुरको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश अनुसार ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम  ऐ. ऐनको दफा ३ को उपदफा (१) तथा सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) वमोजिम सजाय गरी हिनामिना/हानि नोक्सानी भएको विगो ऐ. ऐनको दफा १७ बमोजिम जफत तथा असुल उपरगरी चपडाही निम्न माध्यमिक विद्यालय रामनगर भुटाहा, हरिनगरा गाउँपालिका -१, सुनसरीलाई दिलाई भराई दिने गरी मागदावी लिई लिइएको छ ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, शखा कार्यालय, ईनरुवा, सुनसरीका सहायक प्रबन्धक (हाल निलम्बित) तारणी प्रसाद खतिवडा एक राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत रहँदा निजले आफ्नो कर्तव्य पालना गर्दा सिद्धिनाथ लाल दास र मनोज कुमार चौधरीसँगको मिलेमतोमा जिल्ला शिक्षा कार्यालय, इनरुवा सुनसरीको लेटरप्याड, छाप तथा दस्तखत किर्ते गरी हेरफेर गर्नुका साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय, सुनसरी, ईनरुवाबाट दस्तखत नमुना कार्ड नै परिवर्तन गरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा, हरिनगरा गाउँपालिका -१, सुनसरीमा रहेको सोही बैंकको खाता नम्वरमा साविकको खाता सञ्चालकहरु प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट उक्त खाता सञ्चालन गरी रु.५,६०,०००।–रकम निकाली हिनामिना गरेको देखिएको हुँदा निजले गरेको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ११ बमोजिमको कसुर रहेको साथै निजले आफ्नो कर्तब्य पालना गर्दाको अवस्थामा सार्वजनिक सम्पति हानिनोक्सानीको कार्य गरी सोही ऐनको दफा १७ बमोजिमको कसूरसमेत गरेको पुष्टि हुन आएकोले हिनामिना भएको रकम रू.५,६०,०००।– बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा ११ तथा सोही ऐनको दफा १७ ले निर्देशन गरेवमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) वमोजिम निजलाई सजाय गरी ऐ. ऐनको दफा १७ वमोजिम हिनामिना/हानि नोक्सानी भएको रकमसमेत निजबाट जफत तथा असुल उपरगरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा, हरिनगरा गाउँपालिका -१, सुनसरीलाई दिलाई भराई दिने समेतको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22