चन्दननाथ मा.वि., जुम्लामा कार्यरत तत्कालीन शिक्षक कलानन्द माझी, केन्द्राध्यक्ष र परीक्षार्थीसमेत ४ जना उपर सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।१२।२९ गते ।
----------------------------------------------------

चन्दननाथ माध्यामिक विद्यालय, जुम्लाका प्रा.वि. श्रेणीमा कार्यरत शिक्षक कलानन्द माझीले छोरा परीक्षार्थी शेखर माझीलाई परीक्षा केन्द्रमा उपस्थित नगराई हाजिरीमा उपस्थित देखाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चन्दननाथ मा.वि., जुम्लामा कार्यरत तत्कालीन शिक्षक कलानन्द माझीले सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत आफ्नो छोरा शेखर माझीलाई राष्ट्रिय परीक्षा वोर्ड, सानोठिमी, भक्तपुरबाट मिति २०७५।०१।३० गतेदेखि मिति २०७५।०२।०९ सम्म श्री कर्णाली माध्यामिक विद्यालय, जुम्लामा संचालित परीक्षामा अंग्रेजी र फिजिक्स विषय पास गराउनको लागि सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहितको कन्ट्रोल लिष्ट गैरकानूनी तरिकाले सच्चाई, थपघट गरी सोही सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा विद्यार्थीको नामथर पहिले नै विज्ञान विषय लिई कक्षा ११ र १२ को परीक्षा पास गरिसकेको प्रभात शाही उल्लेख गरी पुन: अर्को कन्ट्रोल लिष्ट बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको हुँदा निज शिक्षक कलानन्द माझी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ । 

त्यसैगरी श्री कर्णाली माध्यामिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्माले निज कलानन्द माझीसँगको मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुईबटा कन्ट्रोल लिष्ट बुझी अंग्रेजी विषय र फिजिक्स बिषयको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको भन्‍ने पूर्ण थाहा/जानकारी हुँदाहुँदै पनि केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैरकानूनी रुपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएको, प्रतिवादी शेखर माझी आफुले दिनुपर्ने परीक्षामा सहभागी नभई आफ्नो सिम्बोल नम्बरमा प्रभात शाहीको नाम उल्लेख गर्ने आफ्ना बाबु कलानन्द माझीको कसुरमा मतियार भै निज प्रभात शाहीबाट परीक्षा दिन लगाएको र निज प्रतिवादी प्रभात शाहीले समेत कलानन्द माझी र शेखर माझीको उल्लेखित कार्यको मतियार भै शेखर माझीको सट्टामा उपस्थित भई परीक्षा दिएबाट सरकारी कागजात गैरकानूनी रुपले सच्चाई थपघट गरी पुन: अर्को कन्ट्रोल लिष्ट बनाउने कसूर गरेको तथा शेखर माझीलाई कक्षा ११ को फिजिक्स र अंग्रेजी विषयको परीक्षामा पास गराई निज प्रतिवादीहरु शेखर माझी र कलानन्द माझीलाई लाभ पुर्‍याउने/लिने कार्य गरी मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको हुँदा श्री कर्णाली माध्यामिक विद्यालय, जुम्लाका तत्कालीन केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ को कसूरको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिमको कसूर गरेको हुँदा निजहरु उपर सोही ऐनको दफा ११ ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धांत्मक वाक्यांशबमोजिम मुख्य प्रतिवादीलाई हुने सजाय बराबर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम नै सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।   


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24