जिल्ला स्याङ्जा, वालिङ नगरपालिका वडा नं. १३ स्थित श्री लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद गैह्रेसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।१२।०९ गते ।
----------------------------------------------------

जिल्ला स्याङ्जा, वालिङ नगरपालिका वडा नं. १३ स्थित श्री लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद गैह्रेसमेतले आर्थिक हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री लक्ष्मी माध्यामिक विद्यालय वालिङ, स्याङ्जाका प्रधानाध्यापक गोपाल प्रसाद गैह्रे र तत्कालीन प्रा.वि. द्वितीय (लेखा) शिक्षक गुनाखर गैह्रेसमेतले मिलेमतो गरी विद्यालय सहायक अनुदान कोटामा कार्यरत शिक्षकको नाममा २०७५ चैत्र महिनाको तलब हस्ताक्षर बिना निकासा गरेको साथै शिक्षक तुलसा रेग्मीलाई विदेश जाने वातावरण मिलाई सो समयमा विद्यालयमा हाजिरी देखाई/गरी निज तुलसा रग्मीको नाममा तलब भत्ता निकासासमेत गरी जम्मा रु. ३,९३,७८८।६४ नेपाल सरकारको सम्पत्तिको बदनियत राखी हिनामिना गरी/गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिएकोले श्री लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद गैह्रे र तत्कालीन प्रा.वि. द्वितीय शिक्षक (लेखा) गुनाखर गैह्रेलाई ऐ.ऐ. दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु.३,९३,७८८।६४ (तीन लाख त्रियानब्बे हजार सातसय अठासी रुपैयाँ चौसठ्ठी पैसा) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो निजहरुबाट असुलउपर गरी पाउने समेतको मागदावी लिइएको छ ।

साथै, शिक्षक तुलसा रेग्मी श्री लक्ष्मी माध्यामिक विद्यालयमा कार्यरत रहँदा आफ्नो सेवा निरन्तर राख्ने मनसायले विदा स्वीकृत नगरी, राजीनामा समेत नदिई, विद्यालयमा यथावत काम गरेको देखाई नेपाल बाहिर रहेको समयमा विद्यालयमा नियमविपरीत रु.३,८२,२८८।६४ तलव निकासा गराउने तत्कालीन शिक्षक तुलसा रेग्मीलाई ऐ.ऐ. दफा १७ ले निर्देश गरेबमोजिम विगो रु.३,८२,२८८।६४ (तीन लाख बयासी हजार दुई सय अठासी रुपैयाँ चौसठ्ठी पैसा) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त विगो निजबाट असुलउपर गर्ने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24