जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईन उपर घुस/रिसवत मुद्दामा प्रतिकूल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७८।१२।०८ गते ।
----------------------------------------------------

जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, महोत्तरीका रेञ्जर (अधिकृतस्तर) राम अशिष यादव भएको जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनी घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।११।३० गते बिशेष अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका निवेदक मो. अजरुद्दिन राईनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको वयान कागजको प्रतिकूल वकपत्र गरेको पाइएको हुँदा आफ्नो अवैधानिक काठ र ट्याक्टर छुटाउन राम अशिष यादवलाई रु.१५,०००।–घुस/रिसवत दिने प्रतिवादी मो. अजरुद्दिन राईनको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ अनुसारको कसुर भएको हुँदा निजलाई बिगो रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ र ऐ. ऐनको दफा ३ को उपदफा १ को देहाय खण्ड (क) बमोजिमको सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५(१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24