जिल्ला रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र निजका सहयोगी अशोक प्रसाद पटेल उपर बिगो रु. ५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७८।१२।०६ गते ।
----------------------------------------------------

जिल्ला रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग रु.५,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेललाई सेवाग्राहीबाट घुस/रिसवत बापत रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) नगद र रु. २,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) को चेक लिइसकेको अवस्थामा मिति २०७८।११।१५ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र निजका सहयोगी अशोक प्रसाद पटेलसमेतको मिलेमतोमा उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग पटकपटक रु.५,००,०००।- माग गरी रु.२,५०,०००।- नगद र रु.२,५०,०००।- को चेक गरी जम्मा रु.५,००,०००।- (पाँच लाख रुपैयाँ) लिएको पाइएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले निज नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र अशोक प्रसाद पटेललाई बिगो रु.५,००,०००।- (पाँच लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24