जिल्ला सुनसरी, आदर्श सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।१२।०६ गते ।
----------------------------------------------------

जिल्ला सुनसरी, साविक बराहक्षेत्र गा.वि.स. वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समुहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको  भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आदर्श सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिव दिपक थापा मगरले आफ्नो कार्यकालमा उपभोक्ताहरुबाट रसिद काटी बुझी लिएको समुहको कोषमा दाखिला गर्नुपर्ने रकम रु.२,९३,३७२।५१ कोषमा दाखिला नगरेको र तत्कालीन सचिव जनक थापाले आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटी बुझी लिएको समुहको कोषमा दाखिला गर्नुपर्ने रकम रू. ७०,०८५।३८ कोषमा दाखिला नगरेको साथै वन उपभोक्ता समुहको जिम्मेवार पदाधिकारीले आफ्नो जिम्मामा रहेको नगद तत्काल समुहको कोषमा दाखिला गर्नुपर्नेमा सो नगरी निज प्रतिवादीहरु दिपक थापा मगर र जनक थापाले बदनियतपूर्ण ढङ्गले बन उपभोक्ता समुहको रकम जम्मा गर्नुपर्ने आदर्श सामुदायिक वन उपभोक्ता समुहको कोषमा जम्मा नगरी मासी खाई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको हुँदा उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले प्रतिवादी दिपक थापा मगरलाई बिगो रु.२,९३,३७२।५१ (दुई लाख त्रियानव्बे हजार तीन सय बहत्तर रुपैंया र पैसा एकाउन्न) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम अधिकतम सजाय र जनक थापालाई बिगो रु.७०,०८५।३८ (सत्तरी हजार पचासी रुपैंया र पैसा अठ्तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम अधिकतम सजाय हुन साथै निजहरुले हिनामिना गरेको उल्लेखित रकम ऐ.ऐ. दफा १७ बमोजिम असुलउपर हुन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24