वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी, सोही वडाका २ जना वडासदस्य, २ जना वडासचिवसमेत ६ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।१२।०२ गते ।
----------------------------------------------------

जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी र सोही वडाका कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मी समेतको मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस वापतको राजस्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी, वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीले चौहद्दी प्रमाणित, घरबाटो सिफारिस, विवाह दर्ता, मृत्यू दर्ता लगायतका सिफारिसमा एकभन्दा बढी चलानी गरी, चलानी नगरी, लिनुपर्ने राजस्व रकम नलिई, लिनुपर्ने भन्दा घटी/बढी राजस्व रकम लिई तथा आम्दानी रसिद नकाटी आर्थिक अनियमितता गरी दाखिला गर्नुपर्ने राजस्व रकमसमेत दाखिला नगरेको पाइएको हुँदा निजहरु भरत प्रसाद कुर्मी, रफिक अंसारी, संजय कुमार पटेल र जितेन्द्र कुमार कुर्मीको हकमा कार्यरत रहेको अवधिमा रु.१,०२,५८५।–हिनामिना गरी राजस्व चुहावट गरेकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो रु.१,०२,५८५।–(एक लाख दुई हजार पाँच सय पचासी रुपैयाँ) कायम गरी ऐ.ऐ. दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदाबी लिइएको छ । 

साथै प्रतिवादी वडा सचिव अनामिका रौनियारको हकमा निज मिति २०७६।०८।१९ गतेदेखि मिति २०७८।०३।३१ गतेसम्म कार्यरत रहेको अवधिमा रु.१,३१,०९०।- हिनामिना गरी राजस्व चुहावट गरेको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो रु.१,३१,०९०।- (एक लाख एकतीस हजार नव्वे रुपैयाँ) कायम गरी ऐ.ऐ. दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुन एवं प्रतिवादी वडा सचिव राज कुमार सिंहको हकमा निज मिति २०७७।१२।०५ गतेदेखि हालसम्म कार्यरत रहेको अवधिमा रु. ३२,२३५।- हिनामिना गरी राजस्व चुहावट गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो रु.३२,२३५।- (बत्तीस हजार दुई सय पैतीस रुपैयाँ) कायम गरी ऐ.ऐ. दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24