जिल्ला गोरखा, साविक हंशपुर र मुच्चोक गा.बि.स. हालको अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गा.बि.स. सचिव एवं वडा सचिव दिपक बहादुर दर्जीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।११।३० गते ।
----------------------------------------------------

जिल्ला गोरखा, अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर र वडा नं. ५ मुच्चोकका वडा सचिव दिपक बहादुर दर्जीसमेतले वडाको रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७३/०७४ मा साविक हंशपुर र मुच्चोक गा.बि.स. हालको अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गा.बि.स. सचिव एवं वडा सचिव दिपक बहादुर दर्जी, साविक हंशपुर गा.बि.स.को हे.अ. सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी बिशाल बि.क. र साविक मुच्चोकको गा.बि.स.को अ.हे.ब. चन्द्रकान्त सुबेदीसमेतले आर्थिक कारोबारको हिसाब-किताब नबुझाई जिल्ला विकास समितिको कार्यालयबाट निकासा भएको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्नको लागि रकम चेकमार्फत लिएको तर बितरण गरेको नपाइएको एवं वडा सचिव दिपक बहादुर दर्जीले हे.अ. सुरेश दबाडीसँग संयुक्त रुपमा खाता सञ्चालन गरेको तथा दिपक बहादुर दर्जीले अ.हे.ब. चन्द्रकान्त सुबेदीसँग समेत संयुक्त रुपमा खाता सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको रकम निकाली पेश्की फर्छ्यौट तथा लेखापरीक्षणसमेत नगरी रु.६०,९७,६००।- रकम हिनामिना गरेको, साविक हंशपुर गा.बि.स.को तत्कालीन हे.अ. हाल जनस्वास्थ्य अधिकृत सुरेश दवाडी र दिपक बहादुर दर्जीको संयुक्त हस्ताक्षरमा निकालेको अजिरकोट गाउँपालिका वडा नं. ३ को सामाजिक सुरक्षा भत्तावापतको रु.२७,२३,२००।- र साविक मुच्चोक गा.बि.स.को तत्कालीन अ.हे.ब. चन्द्रकान्त सुबेदी र दिपक बहादुर दर्जीको संयुक्त हस्ताक्षरमा निकालेको अजिरकोट गाउँपालिका वडा नं. ५ को सामाजिक सुरक्षा भत्तावापतको रु.३३,७४,४००।- को भरपाई पेश गरी फर्छ्यौट पनि नगरेको र रकमसमेत निकाली मासी सरकारी रकम हिनामिना गरेको हुँदा प्रतिवादी दिपक बहादुर दर्जीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई रु.६०,९७,६००।-(साठ्ठी लाख सन्तानब्बे हजार छ सय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, आरोपितहरुमध्ये प्रतिवादी दिपक बहादुर दर्जी र सुरेश दवाडीको संयुक्त चेकबाट रकम निकाली प्रतिवादी विशाल वि.क.को खातामा जम्मा गरी रु.२७,२३,२००।- हिनामिना गरेको पाईएको हुँदा प्रतिवादी सुरेश दवाडी र विशाल वि.क.को हकमा जनही रु.२७,२३,२००।- (सत्ताइस लाख तेइस हजार दुईसय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र प्रतिवादी दिपक बहादुर दर्जीसँग संयुक्त हस्ताक्षर गर्ने आरोपित चन्द्रकान्त सुबेदीको हकमा रु.३३,७४,४००।- (तेत्तिस लाख चौंहत्तर हजार चारसय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (१७) ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरु दिपक बहादुर दर्जी, सुरेश दवाडी, चन्द्रकान्त सुवेदी र विशाल वि.क.समेतले हानिनोक्सानी गरेको बिगो निजहरुबाट असुलउपर हुनसमेत मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


    प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24