जिल्ला सिरहा, साविक गा.वि.स. राजपुरका तत्कालीन सचिव केशव घिमिरेसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।११।२७ गते ।
----------------------------------------------------

जिल्ला सिरहा, राजपुर गा.वि.स.का सचिव केशव घिमिरेले आ.व. २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फ गा.वि.स.मा आम्दानी भएको बिभिन्न शिर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक गा.वि.स. राजपुरका तत्कालीन सचिव केशव घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाई तालिमको लागि लिएको पेश्की, दलित दलान निर्माणमा बिलभन्दा बढी भुक्तानी, विद्युत पोल खरिदमा बिल बमोजिमको समाग्री प्राप्त नभई भुक्तानी गरेको रकम, अर्को गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.को रकम, सामाजिक सुरक्षा भत्ताको आ.व. २०७२।०७३ को दोस्रो किस्ताको रकम बैंकबाट झिकी वितरण नगरेको, कुनै श्रेस्ता बिल भरपाई नराखी खरिद आदेश, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय संचालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरुमा जम्मा रु. २४,९२,५१०।५  हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.२४,९२,५१०।५ (चौबीस लाख बयानब्बे हजार पाँच सय दस रुपैयाँ पचास पैसा) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन तथा निजले अन्य सामाग्री खरिद समेतमा जम्मा रु. २,६७,०२६।- झुठा बिल पेश गरी भुक्तानी लिने/दिने गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु. २,६७,०२६।- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय मागदाबी लिइएको छ ।

गा.वि.स. राजपुरको तत्कालीन खाता संचालक सामाजिक विकास अधिकृत अरुण शाहले दलित दलान र विद्युत पोल खरिदमा भएको हिनामिना रकम रु. ६०,३२३।५० हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.६०,३२३।५० कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन तथा अन्य सामाग्री खरिदसमेतमा जम्मा रकम रु.२,६७,०२६।- (दुई लाख सत्सठ्ठी हजार छब्बीस रुपैया) रकम झुठ्ठा बिल पेश गरी भुक्तानी लिने/दिने गरेको कार्य सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.२,६७,०२६।- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

यसैगरी गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.का खाता संचालक शिवजी कामती (अधिकृत छैठौं, सि.अ.हे.व.) कल्याणपुर नगरपालिका सिरहा) ले शीर्षक नखुलेको, स्टेशनरी, कार्यालय संचालन, विकास निर्माण रकम गरी जम्मा रु.२,८१,००२।- हिनामिना गरेको पुष्टि हुन आएकोले निज तत्कालीन खाता संचालक शिवजी कामतीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई बिगो रु. २,८१,००२।- (दुई लाख एकासी हजार दुई रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ । 

साथै साविक अर्नमा प्र.रा.को हिनामिना भएको रकम मध्ये प्रतिवादी केशव घिमिरे मात्रले हिनामिना गरेको रु. १९,८४,८७५।- निज प्रतिवादी केशव घिमिरेबाट र केशव घिमिरे र प्रतिवादी शिवजी कामतीले हिनामिना गरेको रकम रु.२,८१,००२।- दुवै प्रतिवादीहरुबाट साविक अर्नमा प्र.रा. गा.वि.स.को हाल कायम स्थानीय तहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दिलाई भराई पाउन तथा साविक राजपुर गा.वि.स.को हिनामिना भएको रकममध्ये प्रतिवादी केशव घिमिरे मात्रले हिनामिना गरेको रकम रु. १,६६,३१०।- निज केशव घिमिरेबाट र केशव घिमिरे र प्रतिवादी अरुण शाहले हिनामिना गरेको रकम रु. ३,२७,३४९।५० निज दुवै प्रतिवादीहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ८(१) बमोजिम साविकको राजपुर गा.वि.स.को हाल कायम स्थानीय तहलाई दिलाई भराई पाउन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

     प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22