नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव-स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडी उपर बिगो रु. १,४०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।



प्रेस विज्ञप्ति:- मिति २०७८।११।२३ गते ।
----------------------------------------------------

नेपाल विद्युत्‍ प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव-स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीले नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग रु. १,४०,०००।–घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सोमप्रसाद पहाडीलाई सेवाग्राहीबाट रु. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा मिति २०७८।०९।२९ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत्‍ प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव-स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीले जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदा हुँदै पनि बिजुलीको पोल सार्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत रु.१,४०,०००।- माग गरी लिएको पुष्टि हुन आएकोले निज सोमप्रसाद पहाडीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.१,४०,०००।- (एक लाख चालीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

     प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24