जिल्ला रुपन्देही, सिद्धार्थनगर, नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।



प्रेस विज्ञप्ति:- मिति २०७८।११।१६ गते ।
----------------------------------------------------

जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ३,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा मोहम्मद सिद्दिकलाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०९।०२ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सिद्धार्थनगर, नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) राष्ट्रसेवक कर्मचारी मोहम्मद सिद्दिकले सेवाग्राहीको विवाह दर्ता गर्ने कार्यमा आनाकानी एवं मोलाहिजा गरी सेवाग्राहीबाट रु.३,०००।– घुस/रिसवत लिएको अवस्थामा रकमसहित पक्राउ परेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई बिगो रु.३,०००।-(तीन हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


     प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24