जिल्ला वन कार्यालय सिमरा, बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।११।१० गते ।
----------------------------------------------------

जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम विरूवासमेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बाराले आ.ब. २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ न.पा.स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम रु.३,६०,०००।- हिनामिना गरेको पुष्टि हुन आएको हुँदा सो कार्यमा देहायका व्यक्तिहरुले देहायबमोजिम कसुर गरेकोले निजहरुलाई देहायबमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम मिति २०७८।११।०९ गते बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 (क) तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल र सहलेखापाल जनक राज जोशीले प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५२क. को व्यवस्थाविपरीत तोक आदेश, रकम भुक्तानी दिन कार्यालय प्रमुखसमक्ष सिफारिस एवं तोकआदेशका आधारमा सम्झौता रकमको सतप्रतिशत रकम भुक्तानी दिएको र सोही आधारमा रु.३,६०,०००।- सरकारी सम्पत्ति हानिनोक्सानी हुन गएको पुष्टि हुन आएको हुँदा निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुर भएकोले ऐ.ऐ. दफा १७ ले निर्देश गरेबमोजिम निजहरुलाई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको जनही बिगो रु.३,६०,०००।- (तीन लाख साठ्ठी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी ऐ.ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुलउपर हुनसमेत मागदावी लिइएको छ । 

 (ख) जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ-११ का अध्यक्ष मदन प्रसाद जैसवारले तत्कालीन जिल्ला वन कार्यालय, बाराबाट सिम्रौनगढ न.पा.-१० स्थित उचिडिहमा वृक्षारोपण गर्नका लागि रु.३,६०,०००।- पेश्की रकम लिई तत्कालीन जिल्ला वन कार्यालय, बारासँग भएको सम्झौताविपरीत तारवारसमेत नगरी स्थानीय मानिसहरुलाई काममा लगाए जस्तो गरी झारो टार्ने किसिमले वृक्षारोपण गरी रकम हिनामिना गरेको पुष्टि हुन आएको र निजले गरेको उक्त कार्य भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुर भएकोले निजलाई बिगो रु.३,६०,०००।- (तीन लाख साठ्ठी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उल्लेखित बिगो जफतसमेत हुन मागदावी लिइएको छ ।

 

  सहायक प्रवक्ता
 वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24