शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बांसबारी, काठमाडौंका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादव उपर गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।११।०९ गते ।
----------------------------------------------------

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवले पी.सी.आर. टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बांसबारी, काठमाडौंका ल्याब इन्चार्ज बिनोद कुमार यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफुखुशी बनाई दुरुपयोग गर्ने गरेको, निजले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सी.पी.यू.को फरेन्सिक परीक्षण गर्दा फेला परेका पी.सी.आर. रिपोर्टहरु सबै नक्कली भएको, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकमसमेत लिई स्वाबको परीक्षण नै नगरी गलत पी.सी.आर. प्रतिवेदन आफुखुशी तयार पारी उपलब्ध गराएको, पी.सी.आर. परीक्षणको लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ भएको भनी गलत रिपोर्ट बनाउने गरेको, त्यसैगरी आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाव संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाईदिने काम गरी बिभिन्न मानिसहरुको बिभिन्न मितिमा पी.सी.आर. परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई नभए नगरेको कुरा देखाई पी.सी.आर. प्रतिवेदन सम्बन्धित मानिसहरुलाई दिएको पुष्टि हुन आएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादी बिनोद कुमार यादवलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


  सहायक प्रवक्ता
 वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24