जिल्ला महोत्तरी, पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादव उपर बिगो रु. ३५,२१,२०४।८० कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।१०।२७ गते ।
----------------------------------------------------

जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ६ को हाल पिपरा गाउँपालिका वडा नं. ५ मा पर्ने सुब्बा पोखरीको तत्कालीन सहोडवा गा.वि.स.को कार्यालयले मिति २०७१ साल भाद्र १ गतेदेखि २०७६ साल भाद्र मसान्तसम्मको लागि ठेक्का बन्दोबस्त हुँदा तत्कालीन सहोडवा गा.वि.स. वडा नं. १ मा बस्ने हाल पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवको नाममा ठेक्का स्वीकृत भएको र निजले उक्त सुब्बा पोखरी हकभोग गरेवापत गा.वि.स.को कार्यालयलाई ठेक्कावापतको बुझाउनुपर्ने रकम नबुझाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला महोत्तरी साविक सहोडवा गा.वि.स. वडा नं. ६ हाल पिपरा गाउँपालिका वडा नं. ५ स्थित रहेको ठुलो सुब्बा पोखरी ठेक्का (२०७१ साल भाद्र १ गतेदेखि मिति २०७६ साल आषाढ मसान्तसम्मको लागि रु.५४,६४,००६।-) सकार गर्ने शम्भु प्रसाद यादवले मिति २०७३।१०।०४ सम्ममा जम्मा रु.१९,४२,८०१।२० मात्र साविक सहोडवा गा.वि.स.लाई बुझाएकोमा आफू वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाई आफूलाई गैरकानुनी लाभ पुर्‍याई ठुलो सुब्बा पोखरीको ठेक्कावापतको बाँकी रकम रु.३५,२१,२०४।८० (पैतीस लाख एक्काइस हजार दुई सय चार रुपैयाँ असी पैसा) साविक सहोडवा गा.वि.स. हाल पिपरा गाउँपालिका, महोत्तरीलाई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको देखिँदा निज वडाध्यक्ष शम्भु प्रसाद यादवलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम दफा ३(१) र दफा ३(१) को खण्ड (छ) बमोजिम सजाय हुन तथा हानिनोक्सानी भएको सम्पत्ति रु.३५,२१,२०४।८० सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन समेतको मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11