जिल्ला महोत्तरी, पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादव उपर बिगो रु. ३५,२१,२०४।८० कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।१०।२७ गते ।
----------------------------------------------------

जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ६ को हाल पिपरा गाउँपालिका वडा नं. ५ मा पर्ने सुब्बा पोखरीको तत्कालीन सहोडवा गा.वि.स.को कार्यालयले मिति २०७१ साल भाद्र १ गतेदेखि २०७६ साल भाद्र मसान्तसम्मको लागि ठेक्का बन्दोबस्त हुँदा तत्कालीन सहोडवा गा.वि.स. वडा नं. १ मा बस्ने हाल पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवको नाममा ठेक्का स्वीकृत भएको र निजले उक्त सुब्बा पोखरी हकभोग गरेवापत गा.वि.स.को कार्यालयलाई ठेक्कावापतको बुझाउनुपर्ने रकम नबुझाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला महोत्तरी साविक सहोडवा गा.वि.स. वडा नं. ६ हाल पिपरा गाउँपालिका वडा नं. ५ स्थित रहेको ठुलो सुब्बा पोखरी ठेक्का (२०७१ साल भाद्र १ गतेदेखि मिति २०७६ साल आषाढ मसान्तसम्मको लागि रु.५४,६४,००६।-) सकार गर्ने शम्भु प्रसाद यादवले मिति २०७३।१०।०४ सम्ममा जम्मा रु.१९,४२,८०१।२० मात्र साविक सहोडवा गा.वि.स.लाई बुझाएकोमा आफू वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाई आफूलाई गैरकानुनी लाभ पुर्‍याई ठुलो सुब्बा पोखरीको ठेक्कावापतको बाँकी रकम रु.३५,२१,२०४।८० (पैतीस लाख एक्काइस हजार दुई सय चार रुपैयाँ असी पैसा) साविक सहोडवा गा.वि.स. हाल पिपरा गाउँपालिका, महोत्तरीलाई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको देखिँदा निज वडाध्यक्ष शम्भु प्रसाद यादवलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम दफा ३(१) र दफा ३(१) को खण्ड (छ) बमोजिम सजाय हुन तथा हानिनोक्सानी भएको सम्पत्ति रु.३५,२१,२०४।८० सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन समेतको मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24