जिल्ला मुगु साविक रारा गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव पदम बहादुर भण्डारीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।१०।२६ गते ।
----------------------------------------------------

जिल्ला मुगु साविक रारा गा.वि.स. वडा नं. १ देखि ९ सम्मको आ.व. २०७१/०७२ र २०७२/०७३ मा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक/बृद्धा भत्ता, अपाङ्ग भत्ता, एकल महिला, आदि) र बाल पोषण भत्ताबापतको रकममा किर्ते कागज बनाई अनियमितता गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक रारा गा.वि.स.मा आर्थिक वर्ष २०७१/०७२ देखि २०७२/०७३ सम्म गा.वि.स. सचिवहरुले नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले सामाजिक सुरक्षा तथा बाल पोषण अनुदान भत्ता नै वितरण नगरी वितरण गरेको फर्जी भरपाई खडा गर्ने, नामै नभएका व्यक्तिको नाम राख्ने, एउटा व्यक्ति फरक फरक वडामा देखाउने, भत्ता पाउने व्यक्तिको ठेगाना नै उल्लेख नगर्ने, अभिभावकको नाम नै उल्लेख नगरी गलत लिखत तयार गरी गैरकानूनी लाभ पुर्‍याउने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतपूर्ण कार्य गर्ने तत्कालीन गा.वि.स. सचिव पदम बहादुर भण्डारीले आ.ब. २०७१/२०७२ मा कार्यरत रहँदा रु.७,६०,८००।-,तत्कालीन सचिब तीर्थराज शाहीले मिति २०७२ साल श्रावणदेखि २०७२ कात्तिकसम्मको एक चौमासिक अवधिसम्म कार्यरत रहदाँ रु.१६,०००।- र तत्कालीन सचिब नव गिरी तथा तत्कालीन सहायक लेखापाल हस्त बहादुर शाहीले मिति २०७२ साल मंसिरदेखि ०७३ साल असारसम्मको दुई चौमासिक अवधिमा कार्यरत रहँदा रु.३६,८००।- सरकारी रकम हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरुमध्ये पदम बहादुर भण्डारीको हकमा रु.७,६०,८००।- (अक्षेरुपी सात लाख साठ्ठी हजार आठसय रुपैयाँ मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.ऐन को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन, प्रतिवादी तीर्थराज शाहीको हकमा रु.१६,०००।- (अक्षेरुपी सोह्र हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ उफदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन र प्रतिवादीहरु नव गिरी तथा हस्त बहादुर शाहीको हकमा रु.३६,८००।- (अक्षेरुपी छत्तीस हजार आठसय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उफदफा (१) को खण्ड (ख) बमोजिम हुन र ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरुले हानिनोक्सानी गरेको बिगो प्रतिबादीहरुबाट असुलउपर हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22