जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।११।०४ गते ।
----------------------------------------------------

जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस/रिसवत लिई फरार भएको भन्ने बिषयको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत बिष्णुकान्त मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट रु.७०,००,०००।- लिएको पुष्टि हुन आई निज बिष्णुकान्त मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७०,००,०००।-(सत्तरी लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी घुस/रिसवतबापतको रकम सेवाग्राहीलाई नै फिर्ता हुनसमेत मागदावी लिने एवं बिष्णुकान्त मिश्रको छोरा नविन कुमार मिश्रले निजको वुवाको घुस/रिसवत बापतको रकम रु.४०,००,०००।- निजको बैंक खातामा जम्मा गरी सहयोग गरेको देखिन आएकोले निज नविन कुमार मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (छ) बमोजिमको कसुरमा बिगो रु.४०,००,०००।-(चालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह नै सजाय हुन मागदावी लिइएको छ ।

तत्कालीन जिल्ला वन अधिकृत बिष्णुकान्त मिश्रलाई घुस/रिसवतबापत रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैले रु. २५,००,०००।– दिएको पुष्टि हुन आएको हुँदा ऐ. ऐनको दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा बिगो रु.२५,००,०००।-(पच्चीस लाख रुपैयाँ) कायम गरी ऐ.ऐनको दफा ३(३) ले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम निजलाई सजाय हुने एवम् बाँकी रु.४५,००,०००।- को हकमा निजले सेवाग्राहीबाट लिएर प्रतिवादी बिष्णुकान्त मिश्रलाई दिएको देखिएकाले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर रहेको तथा ऐ.ऐ. दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम ऐ.ऐ. दफा ३(१) र दफा ३(१)(छ) बमोजिमको कसुरमा मतियार समेत भई निजले ऐ.ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशबमोजिमको कसुर गरेको देखिँदा निजलाई बिगो रु.४५,००,०००।-(पैंतालीस लाख रुपैयाँ) कायम गरी मुख्य कसुरदार सरह नै सजाय हुने देखिएता पनि निज लाक्पा ग्याल्जेनको मृत्यु भईसकेको अनुसन्धानवाट खुलेको तर निजको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ बमोजिम मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने देखिएको, अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्बमान्य सिद्दान्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र दफा १५८ समेतको कानुनी व्यवस्थाबमोजिम निजलाई कैद र जरिवाना हुन नसक्ने भएपनि यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र दफा १५८ बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले निज प्रतिवादीले दिएको घुस/रिसवतबापतको रकम जम्मा रु.७०,००,०००।-(सत्तरी लाख रुपैयाँ) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र निजलाई प्रतिवादी कायम गर्ने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24