जिल्ला नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नं. ०२ को वडा कार्यालयका वडा सचिव सरिता राउतसमेत ३ जना उपर बिगो रु.५३,०१,८५६।- कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।१०।१४ गते ।
----------------------------------------------------

जिल्ला नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नं. ०२ को वडा कार्यालयबाट मिति २०७७।१२।२४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैङ्कबाट लिएर आएको र कार्यालयमा निज सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रको रोहवरमा उक्त रकम राखिएको, दराजको सेफको चाँबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाँबी निल प्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाँबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको हुँदा निज सरिता राउत, रामकुमार गिरी र निल प्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेकोले निजहरुको उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६।– (अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ) कायम गरी सजाय हुन साथै, ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24