साल्ट ट्रेडिङ कर्पोरशन, सल्यान मल बिक्री केन्द्रका इन्चार्ज तत्कालीन जुनियर सहायक विजय कुमार पासवान उपर बिगो रु. १८,७६,६६४।- सहित सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०९।२८ गते ।
-------------------------------------------------

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक पदका विजय कुमार पासवानले मलको नियमानुसार हिसाब किताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साल्ट ट्रेडिङ कर्पोरशन, सल्यान मल बिक्री केन्द्रका इन्चार्ज तत्कालीन जुनियर सहायक विजय कुमार पासवानले आफ्नो जिम्मामा मौज्दाज रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात मल डेलिभरी गर्नुपर्नेमा सो नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरी सार्वजनिक संस्थाको सम्पत्ति रु. १८,७६,६६४।- बराबरको रासायनिक मल हिनामिना गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज विजय कुमार पासवानलाई सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम रु. १८,७६,६६४।- (अक्षेरुपी अठार लाख छयहत्तर हजार छ सय चौसठ्ठी रुपैयाँ) बिगो कायम गरी सजाय हुन तथा हिनामिना भएको रु. १८,७६,६६४।- निजबाटै असुलउपर हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14