मालपोत कार्यालय, गुलरिया, बर्दियामा कार्यरत ना.सु. शम्भु प्रसाद अधिकारीसमेत ६ जना उपर घुस/रिसवत लिई सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०९।२१ गते ।
-------------------------------------------------

सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे हदबन्दी भएको जग्गा सुक्रीबिक्रीका लागि घुस/रिसवत लिई २५ बर्षलाई काटी १५ बर्ष बनाई किर्ते गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, गुलरिया बर्दियामा कार्यरत खरिदार राधेश्याम झा, तहरिर ना.सु. उदयशिंह रावल, ना.सु. शम्भु प्रसाद अधिकारी, जग्गाधनी चन्द्र बहादुर सुनार, जग्गा खरिद गर्ने टेक बहादुर सुनार र चन्द्र बहादुर सुनारकै जग्गा दृष्टिवन्धक पारित गरी लिने भक्त बहादुर थापाको मिलेमतोमा सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे समयसिमा भएको जग्गा सुक्रि बिक्रीका लागि मालपोत कार्यालय, बर्दियामा रहेको जग्गाधनी दर्ता श्रेस्तामा २५ बर्षलाई काटी १५ बर्ष बनाई सोवापत नगद रु.३५,०००। घुस/रिसवत लेनदेन गरी बेचबिखन तथा हक हस्तान्तरणसमेत नहुने उक्त जग्गा बेचबिखन तथा हक हस्तान्तरण गरेको र सोवापत मालपोत कार्यालय, बर्दियामा कार्यरत कर्मचारीहरुलाई जग्गा किन्ने व्यक्तिमार्फत नगद रु.३५,०००।–दिएको हुँदा निज चन्द्र बहादुर सुनार र टेक बहादुर सुनारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले रु.३५,०००।– (पैतीस हजार रुपैयाँ) बिगो कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा १(ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 प्रतिबादीहरु राधेश्याम झा, शम्भु प्रसाद अधिकारी र उदयशिंह रावलले सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे समयसीमा भएको जग्गा सुक्रिबिक्रीका लागि मालपोत कार्यालय, बर्दियामा रहेको जग्गाधनी दर्ता श्रेस्तामा २५ बर्षलाई काटी १५ बर्ष बनाई सोवापत नगद रु.३५,०००।- लिएको हुँदा निज राधेश्याम झा, शम्भु प्रसाद अधिकारी र उदयशिंह रावलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले रु.३५,०००।– (पैतीस हजार रुपैयाँ) बिगो कायम गरी निज निजहरुलाई सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा १(ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 साथै मालपोत कार्यालय, गुलरिया, बर्दियामा कार्यरत खरिदार राधेश्याम झा, तहरिर ना.सु. उदयशिंह रावल, ना.सु. शम्भु प्रसाद अधिकारी, जग्गाधनी चन्द्र बहादुर सुनार, जग्गा खरिदकर्ता टेक बहादुर सुनार, जग्गा दृष्टिवन्धक पारित गरी लिने भक्त बहादुर थापाले सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त २५ बर्षे समयसीमा भएको जग्गा सुक्रिबिक्रीका लागि मालपोत कार्यालय, बर्दियामा रहेको जग्गाधनी दर्ता श्रेस्तामा २५ बर्षलाई काटी १५ बर्ष बनाई गैरकानूनी तरिकाले सच्याउने, थपघट गर्ने कार्य गरी निज प्रतिबादीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई सोही ऐनको दफा ११ बमोजिम समेत सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21