जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबे उपर बिगो रु. १३,९७,७७७।४१ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०९।१६ गते ।
-------------------------------------------------

ईलाम जिल्ला, माईनगरपालिका वडा नं. ९ (साविक चिसापानी बोरङ वडा नं.- ९) स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकदार तथा स-मिलसँग समुहका गोलिया काठ दिन्छु भनी रकम लिएको, २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते सही गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेले समुहको निर्णय किताव तथा चेकबुक लगायतका कागजातहरु आफूले राख्ने गरेको, वन उपभोक्ता समुहको नाममा जम्मा भएको रकम कोषाध्यक्षको दस्तखतसमेत किर्ते गरी रकम निकाली खर्च गरेको, उक्त सामुदायिक बनका कार्यक्रमहरुको खर्च बिबरण तथा बिल भरपाईसमेत नदेखाई बदनियतपूर्ण ढंगले रु.१३,९७,७७७।४१ रकम हिनामिना गरी सार्बजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिएकोले निज राजेन्द्र थेबेलाई बिगो रु.१३,९७,७७७।४१ (तेह्र लाख सन्तानव्वे हजार सात सय सतहत्तर रुपैया पैसा एकचालीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद तथा बिगोबमोजिम जरिबाना हुन र ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुलउपर हुनसमेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12