जिल्ला सर्लाही, इश्वरपुर न.पा. वडा नं. ११ का वडाध्यक्ष राम दुलार साहसमेत ३ जना उपर बिगो रु. १,५०,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०९।१६ गते ।
-------------------------------------------------

जिल्ला सर्लाही, इश्वरपुर न.पा. वडा नं. ११ का वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस/रिसवत रु. १,५०,०००।- माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले निज सोनेलाल साह रौनियार र उमेश रायलाई सेवाग्राहीबाट रु. १,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०७।२९ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला सर्लाही, ईश्वरपुर न.पा. वडा नं. ११ मा निर्माण भएको भलुवाई सडक निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीको लागि सिफारिस लिन जाँदा सेवाग्राहीसँग बडाध्यक्ष राम दुलार साह र उमेश रायले घुस/रिसवत रु.१,५०,०००।– माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक रकमको बार्गेनिङ गरी घुस/रिसवतवापतको रकम राम दुलार साहको निर्देशनमा उमेश रायले लिई सोनेलाल साह रौनियारलाई राख्न दिई सोनेलाल साह रौनियारबाट उक्त रकम बरामद भएको पुष्टि हुन आएको हुँदा निज राम दुलार साह, सोनेलाल साह रौनियार र उमेश रायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निजहरुलाई बिगो रु.१,५०,००० (एक लाख पचाँस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) वमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादव उपर बिगो ९६,८५,५५३।१९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/14
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03