मालपोत कार्यालय, चनौली, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल र अमिन पदमा कार्यरत बिरेन्द्र बहादुर कठायतउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०९।०९ गते ।
-------------------------------------------------

मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मुकुन्द पौडेललाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत तथा भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ५,००,०००।– घुस/रिसवत माग गरी निज बिरेन्द्र बहादुर कठायतलाई सेवाग्राहीसँग रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) नगद र ३,५०,०००।- (तीन लाख पचास हजार रुपैयाँ) रकम बराबरको चेकसमेत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

जिल्ला चितवन, भरतपुर म.न.पा. वडा नं. २० स्थित अमिन पदमा कार्यरत बिरेन्द्र बहादुर कठायतले नामसारी एवं अंशबण्डा गर्दा राख्नु पर्ने बाटोको लगत कट्टा गर्नको लागि सहजिकरण गरे वापत सेवाग्राहीसँग रु.१,५०,०००।–नगद र रु.३,५०,०००।–को चेकसहित जम्मा रु.५,००,०००।–र मालपोत कार्यालय, चनौली, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले रु.५०,०००।– माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक रकमको बार्गेनिङ गरी घुस/रिसवत वापतको रकम लिएको पुष्टी हुन आएको हुँदा बिरेन्द्र बहादुर कठायतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निजलाई रु.१,५०,०००।– (अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ) नगद र रु.३,५०,०००।– (अक्षेरुपी तीन लाख पचास हजार रुपैयाँ) को चेक गरी जम्मा बिगो रु.५,००,०००।– (अक्षेरुपी पाँच लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) वमोजिम सजाय हुन र मुकुन्द पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.५०,०००।– (अक्षेरुपी पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24