महोत्तरी जिल्लाको साविक नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवउपर बिगो रु. १२,८६,८००।- कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।२८ गते ।
-------------------------------------------------

महोत्तरी जिल्लाको साविक नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता लगायत गा.वि.स.को विभिन्न शिर्षकको रकम अनियमितता गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नमुना गाउँ विकास समितिको कार्यालय, गौशाला, महोत्तरीको लागि आ.व. २०६७/०६८ मा जिल्ला विकास समितिको कार्यालय, जलेश्वर, महोत्तरीबाट जेष्ठ नागरिक, असहाय विधवा, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि रकम निकासा भएकोमा तत्कालीन गा.वि.स. सचिव नागेश्वर राय यादवले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सम्बन्धित जेष्ठ नागरिक, असहाय विधवा, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकहरुलाई वितरण नगरी निजहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाई उक्त भरपाईमा बुझिलिनेको सहीछाप महलमा आफैले र अरु व्यक्तिहरुलाई औठाछाप गर्न लगाई सामाजिक सुरक्षा भत्ताको रु. १२,८६,८००।- रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले निज नागेश्वर राय यादवउपर बिगो रु.१२,८६,८००।- (बाह्र लाख छयासी हजार आठ सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र विगोबमोजिम जरिवाना गरी बिगो असुल हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24