महोत्तरी जिल्लाको साविक नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवउपर बिगो रु. १२,८६,८००।- कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७८।०८।२८ गते ।
-------------------------------------------------
महोत्तरी जिल्लाको साविक नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता लगायत गा.वि.स.को विभिन्न शिर्षकको रकम अनियमितता गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नमुना गाउँ विकास समितिको कार्यालय, गौशाला, महोत्तरीको लागि आ.व. २०६७/०६८ मा जिल्ला विकास समितिको कार्यालय, जलेश्वर, महोत्तरीबाट जेष्ठ नागरिक, असहाय विधवा, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको लागि रकम निकासा भएकोमा तत्कालीन गा.वि.स. सचिव नागेश्वर राय यादवले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सम्बन्धित जेष्ठ नागरिक, असहाय विधवा, असक्त अपाङ्ग, दलित जेष्ठ नागरिकहरुलाई वितरण नगरी निजहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाई उक्त भरपाईमा बुझिलिनेको सहीछाप महलमा आफैले र अरु व्यक्तिहरुलाई औठाछाप गर्न लगाई सामाजिक सुरक्षा भत्ताको रु. १२,८६,८००।- रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले निज नागेश्वर राय यादवउपर बिगो रु.१२,८६,८००।- (बाह्र लाख छयासी हजार आठ सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र विगोबमोजिम जरिवाना गरी बिगो असुल हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Download