बर्दिया जिल्ला, राजापुर नगरपालिका वार्ड नं.-८, धोविनपुर बस्ने मनकला चौलागाई आचार्य र निजको श्रीमान मनिलाल आचार्य उपर झुठ्ठा विवरण उल्लेख गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।२८ गते ।
-------------------------------------------------

बर्दिया जिल्लाको आ.व. २०७४/७५ सालको शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको खुल्ला तथा महिलाको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवार मनकला चौलागाई (आचार्य) र मनिलाल आचार्य नातामा श्रीमान्‍ श्रीमती भएका व्यक्तिहरुले शिक्षक सेवा आयोगबाट सञ्चालन भएको प्राथमिक तह तृतीय श्रेणीको लिखित परीक्षामा आफ्नो उत्तरपुस्तिकामा एकअर्काको रोल नं. लेखी साटासाट गरी बुझाएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा बर्दिया जिल्ला, राजापुर नगरपालिका वार्ड नं.-८, धोविनपुर बस्ने मनकला चौलागाई र निजको श्रीमान्‍ मनिलाल आचार्यले आ-आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी परीक्षा दिनुपर्नेमा झुठ्ठा विवरण उल्लेख गरी एकअर्काको नामवाट परीक्षा दिई सार्वजनिक पदमा नियुक्ति लिने कार्य गरेको र सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुरजन्य कार्य भएकोले निजहरू मनिलाल आचार्य र मनकला चौलागाई (आचार्य) उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन र आरोपीमध्येका मनकला चौलागाइले झुट्टा विवरण उल्लेख गरी वदनियत राखी नियुक्ति लिई प्राथमिक बिद्यालय ललितापुर बर्दियामा पदस्थापन भई तलब भत्ताबापत सरकारी रकम रु.६,७४,५११।- समेत लिई सरकारी रकम दुरुपयोग गरेको देखिएको र सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु.६,७४,५११।– (छ लाख चौहत्तर हजार पाँच सय एघार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो रकमसमेत असुलउपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24