बिद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले गलत मनसायले आफूलाई लाभ हुने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।२८ गते ।
-------------------------------------------------
बिद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले गलत मनसायले आफूलाई लाभ हुने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।, वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नेपाल विद्युत् प्राधिकरण, लाहान वितरण केन्द्र, लाहान सिराहाको मिटररिडर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर, हेल्पर पदबाट अनिवार्य अवकाश पाएका सत्यनारायण साहले अनिवार्य अवकाश भएपश्चात प्राप्त गर्ने बीमावापतको रकम उक्त वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले सम्वन्धित व्यक्तिहरुलाई बिना जानकारी, निजहरुलाई झुक्याई निकासा भुक्तानी भौचरमा दस्तखत गराई बीमावापत पाउने रकमको चेक बनाई कार्यालय सहायकमार्फत धनपति ठाकुरको नामको रु.८,०७,३६०।- को चेक निज विष्णु प्रसाद गुप्ताको बैंक अफ काठमाडौं लाहान शाखाको खातामा जम्मा गराएको र सत्यनारायण साहको रु.१,२४,२००।- कार्यालय सहायकलाई सटही गर्न लगाई आफैले नगद लिएको, बीमावापतको रकम पाउदैनौ भनेकोमा धनपति ठाकुरले पछि नेपाल विद्युत् प्राधिकरण, केन्द्रीय कार्यालयमा सोधपुछ गर्दा बीमावापतको रकम निकासा भैसकेको जानकारी पाई लाहान वितरण केन्द्रमा गई जानकारी गराएपश्चात सो बीमावापतको रकम आफू बच्नको लागि रकम तलमाथि भएको रहेछ भनी बहाना पारी पीडितको विश्वास प्राप्त गर्नको लागि रकम फिर्ता गरेको भएतापनि निज विष्णु प्रसाद गुप्ताले लाहान वितरण केन्द्रबाट अनिवार्य अवकाश भएका सेवाग्राही मिटररिडर धनपति ठाकुर र हेल्पर सत्यनारायण साहलाई अवकाशपश्चात केन्द्रीय कार्यालयबाट निकासा भई आएबमोजिम भुक्तानी दिनुपर्ने बीमावापतको रकम निज विष्णु प्रसाद गुप्ताले नदिने गलत मनसायले आफूले लिने खाने बदनियत राखी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज बिष्णु प्रसाद गुप्तालाई सोही ऐनको दफा ५ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24