बिद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले गलत मनसायले आफूलाई लाभ हुने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।२८ गते ।
-------------------------------------------------
बिद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले गलत मनसायले आफूलाई लाभ हुने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।, वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नेपाल विद्युत् प्राधिकरण, लाहान वितरण केन्द्र, लाहान सिराहाको मिटररिडर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर, हेल्पर पदबाट अनिवार्य अवकाश पाएका सत्यनारायण साहले अनिवार्य अवकाश भएपश्चात प्राप्त गर्ने बीमावापतको रकम उक्त वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ताले सम्वन्धित व्यक्तिहरुलाई बिना जानकारी, निजहरुलाई झुक्याई निकासा भुक्तानी भौचरमा दस्तखत गराई बीमावापत पाउने रकमको चेक बनाई कार्यालय सहायकमार्फत धनपति ठाकुरको नामको रु.८,०७,३६०।- को चेक निज विष्णु प्रसाद गुप्ताको बैंक अफ काठमाडौं लाहान शाखाको खातामा जम्मा गराएको र सत्यनारायण साहको रु.१,२४,२००।- कार्यालय सहायकलाई सटही गर्न लगाई आफैले नगद लिएको, बीमावापतको रकम पाउदैनौ भनेकोमा धनपति ठाकुरले पछि नेपाल विद्युत् प्राधिकरण, केन्द्रीय कार्यालयमा सोधपुछ गर्दा बीमावापतको रकम निकासा भैसकेको जानकारी पाई लाहान वितरण केन्द्रमा गई जानकारी गराएपश्चात सो बीमावापतको रकम आफू बच्नको लागि रकम तलमाथि भएको रहेछ भनी बहाना पारी पीडितको विश्वास प्राप्त गर्नको लागि रकम फिर्ता गरेको भएतापनि निज विष्णु प्रसाद गुप्ताले लाहान वितरण केन्द्रबाट अनिवार्य अवकाश भएका सेवाग्राही मिटररिडर धनपति ठाकुर र हेल्पर सत्यनारायण साहलाई अवकाशपश्चात केन्द्रीय कार्यालयबाट निकासा भई आएबमोजिम भुक्तानी दिनुपर्ने बीमावापतको रकम निज विष्णु प्रसाद गुप्ताले नदिने गलत मनसायले आफूले लिने खाने बदनियत राखी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज बिष्णु प्रसाद गुप्तालाई सोही ऐनको दफा ५ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21