वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेलसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।२० गते ।
-------------------------------------------------

वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेलले बैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले नायब सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेम प्रसाद काफ्लेलाई सेवाग्राहीबाट घुस/रिसवत लिइसकेको अवस्थामा  मिति २०७८।०७।१७ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गा प्रसाद पोखरेलले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई दुख हैरानी दिई घुस/रिसवत दिन वाध्य पारी आर.के. फोटोकपीका संचालक खेम प्रसाद काफ्लेमार्फत रु.८,०००।- घुस/रिसवत वापतको रकम लिएपश्चात मात्र श्रम स्वीकृति दिई आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निज नायब सुब्बा दुर्गा प्रसाद पोखरेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिँदा निजलाई बिगो रु.८,०००।- (आठ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, आर.के. फोटोकपी संचालकद्वय खेम प्रसाद काफ्ले र राजेश पोखरेलले श्रम स्वीकृतिको काम नभई फर्की आर.के. फोटोकपीमा आएका सेवाग्राहीलाई बीमा तथा श्रम स्वीकृतिको अनलाईन फाराम भरी श्रम स्वीकृति छिटो छरितो उपलब्ध गराई दिन वैदेशिक रोजगार कार्यालय, ताहाचलमा राम्रो लिंक छ भनी निज खेम प्रसाद काफ्ले र राजेश पोखरेलले घुस/रिसवत रकम माग गरी रु. २१,२९२।– लिई उक्त रकम मध्येबाट रु.८,०००।- वैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाडौंका नायब सुब्बा दुर्गा प्रसाद पोखरेललाई दिएको देखिएबाट समेत निजहरुले भ्रष्टाचारको कसुरमा सहयोगी र मतियारको भूमिका खेलेको पुष्टि हुन आई निजहरु खेम प्रसाद काफ्ले र राजेश पोखरेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याँश बमोजिम कसुर गर्ने व्यक्तिसरह राष्ट्रसेवकलाई नगद उपलब्ध गराएको पुष्टि भएको हुँदा निजहरुउपर बिगो रु.१३,२९२।- (तेह्र हजार दुई सय बयानब्बे रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24