जिल्ला सुर्खेत, पञ्चपुरी नगरपालिका वडा नं. ११ कुईनेमा रहेको पातालगैरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि दमाईसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।२० गते ।
-------------------------------------------------
 
जिल्ला सुर्खेत, पञ्चपुरी नगरपालिका वडा नं. ११ कुईनेमा रहेको पातालगैरी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा काठ बिक्रीबाट प्राप्त रकम हिनामिना र जङ्गल फडानी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा समूहको स्वीकृत कार्ययोजना विपरित समूहको रकम अनियमित तरिकाले हिनामिना गरेका देहायबमोजिमका व्यक्तिहरूलाई देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
सि.नं.  नामथर  कार्यालय बिगो रु.   कसुर तथा सजायको मागदाबी
१ अध्यक्ष हरि दमाई, कोषाध्यक्ष खड्क प्रसाद जैसी र सचिव पूर्णिमा शाह (सिंह)  जिल्ला सुर्खेत पातालगैरी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी   रु.१८,७७,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर भएकोले सोही ऐनको दफा ३ को उपदाफा (१) को खण्ड (च) बमोजिम मागदावी लिइएको छ ।
२ सदस्य रण बहादुर बडुवाल  ऐ.ऐ.  रु.५,५०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिएकाले सोही ऐनको दफा ३ को उपदाफा (१) को खण्ड (ङ) बमोजिम मागदावी लिइएको छ ।
३ सदस्य भरत बहादुर शाही  ऐ.ऐ. रु.१,५०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिएकाले सोही ऐनको दफा ३ को उपदाफा (१) को खण्ड (घ) बमोजिम मागदावी लिइएको छ ।
४ प्रेम बहादुर सिंजापती पातालगैरी सामुदायिक वनका उपभोक्ता रु.८,८७,०००।-   भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर देखिएकाले सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम मागदावी लिइएको छ ।
५ हस्तना देवी शाही  पातालगैरी सामुदायिक वनका उपभोक्ता  रु.१,१५,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर देखिएकाले निजलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम मागदावी लिइएको छ ।
६ अशोक सिंह पातालगैरी सामुदायिक वनका उपभोक्ता  रु.२५,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर देखिएकाले निजलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम मागदावी लिइएको छ ।
 
 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24