अनिरुद्र पब्लिक माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फि यादव उपर बिगो रु. ७,८२,६५१।६० कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।१३ गते ।
-------------------------------------------------

अनिरुद्र पब्लिक माध्यमिक विद्यालय, यशोधरा गा.पा.-५, बैदौली, कपिलवस्तुका  तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठीले आ.व. २०७४/०७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनार्इ हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल/कार्यालय सहायक असर्फि यादवले खर्चको आवश्यकता तथा कानूनी प्रावधानलाई नजरअन्दाज गरी बिद्यालय कोषवाट रकम निकाली विद्यालय निर्माणमा खर्च नगरी रु. ७,८२,६५१।६० हिनामिना गरेको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिन आएकोले उक्त कसुरमा संलग्न प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र तत्कालीन लेखापाल असर्फि यादवसमेतलाई ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम रु. ७,८२,६५१।६० (सात लाख बयासी हजार छ सय एकाउन्न रुपैयाँ साठी पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24