मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुल बहादुर खत्रीसमेत ३ जना उपर बिगो रु. ४,५६,०००।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।०९ गते ।
-------------------------------------------------

मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुल बहादुर खत्रीले बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन अध्यक्ष कुल बहादुर खत्री, तत्कालीन सचिव शोभा भनिने शवी कुमारी खड्का र तत्कालीन कोषाध्यक्ष टोपेन्द्र थापाले  आ.व. २०६८/०६९ देखी आ.व.२०७०/०७१ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित घुम्ती कोष लगानी विवरणमा रु. ३,७२,०००।– लिए/दिएको भनी भरपाईसमेत नभएको झुट्टा विवरण बनाएको साथै बन हेरालुलाई तलब रु.८४,०००।– दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण बनाई आपसी मिलेमतोमा मनसुता सामुदायिक वन उपभोक्ता समुहको सम्पत्ति रु.४,५६,०००।– बदनियतपूर्वक हिनामिना गरी आफैले खाई मासेको पुष्टि हुन आएको हुँदा निज कुल बहादुर खत्री, शवी कुमारी खड्का र टोपेन्द्र थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.४,५६,०००।– (चार लाख छपन्न हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सजाय हुन र ऐ. दफा १७ बमोजिम निजहरुबाट सो सम्पत्ति असुलउपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24