जिल्ला महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।०६ गते ।
-------------------------------------------------

जिल्ला महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहले घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामाग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु. ५,०००।– घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज बरिष्ठ हवल्दार राजीशरण साह तथा जिल्ला महोत्तरी गौशाला नगरपालिका बस्ने राम आशिष साहुलाई रु. ५,०००।– (पाँच हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०५।०८ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहले घरायसी सामानहरु नेपाल-भारत सीमा बजारबाट खरिद गरी ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग रु.५,०००।– माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक घुस/रिसवत माग गरेको रकम राम आशिष साहुको साथबाट बरामद भई निजहरुले भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा निज राजीशरण साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर गरेको र राम आशिष साहुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको हुँदा निजहरुउपर बिगो रु.५,०००।–(पाँच हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24