ईलाका प्रहरी कार्यालय, सिमरौनगढ बारामा कार्यरत प्रहरी नायव निरीक्षक विरेन्द्र महतोसमेत ३ जना उपर झुठ्ठा बिबरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०७।३० गते।
------------------------------------------

ईलाका प्रहरी कार्यालय, सिमरौनगढ बारामा प्रहरी नायव निरीक्षक पदमा कार्यरत विरेन्द्र महतोले नेपाल प्रहरीमा भर्ना हुने बेलामा आफ्नो नागरिकता र S.L.C. को प्रमाणपत्रमा जन्म मिति सच्चाई किर्ते गरी नेपाल प्रहरीमा भर्ना भएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी नायब निरीक्षक विरेन्द्र महतोले नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ति हुँदा पेश गरेका प्रमाण-पत्रहरुमा जन्म मिति सच्याई पेस गरी नियुक्ति लिई बढुवा हुँदै प्रहरी नायव निरीक्षक पदमा कार्यरत रहेको हुँदा निज विरेन्द्र महतोले जन्म मिति सच्याई राष्ट्रसेवकको ओहदा पाई सो हैसियतले लाभ वा सुविधा लिई पदमा बहाल रहिरहने मनसाय राखी आफूलाई लाभ हुने र नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्यले बदनियतपूर्ण तबरबाट भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणित हुन आएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा  १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसूर गरेको पुष्टि हुन आएकाले निज विरेन्द्र महतोलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा  १२ र ऐ. ऐनको दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
साथै, श्री सरस्वती माध्यामिक विद्यालय, पिपरा, भलोहिया, रौतहटमा तत्काल कार्यरत प्रधानाध्यापक रविन्द्र झा र सोही विद्यालयमा कार्यरत शिक्षक (Issuing Assistant) मुकेश कुमार सिंहले निज विरेन्द्र महतोको CHARACTER CERTIFICATE र School Leaving Certificate मा प्रतिलिपि प्रमाणपत्र जारी गर्दा विद्यालयमा रहेको अभिलेखमा रहेको जन्म सच्याई प्रतिलिपि दिएको कार्यबाट आफूहरुलाई फाइदा हुने र नेपाल सरकारलाई हानी पुर्‍याई भ्रष्टाचार गर्ने र निज विरेन्द्र महतोलाई राष्ट्रसेवकको ओहदा पाई सो हैसियतले लाभ वा सुविधासमेत लिई भ्रष्टाचारजन्य कसुर गर्न मद्दत पुर्‍याउने मनसाय राखी बदनियतपूर्ण तवरले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ मा परिभाषित कसूर गरेको पुष्टि हुन आएकोले तत्काल कार्यरत प्रधानाध्यापक रविन्द्र झा र शिक्षक मुकेश कुमार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24