जिल्ला महोत्तरी, मटिहानी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर (करार) अैबुल राईनउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०७।१४ गते।
------------------------------------------


जिल्ला महोत्तरी, मटिहानी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अैबुल राईनले जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.१०,०००।– (दश हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०६।।२४ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला महोत्तरी मटिहानी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राम बहादुर महतोले जन्म दर्ता बनाउने कार्यका लागि सेवाग्राहीसँग लाग्ने शुल्कको कुरा नगरी सिधै घुस/रिसवत रकम रु.१०,०००।- माग गरी रकम मोलमोलाइ गरी आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएकोले निज वडा अध्यक्ष राम बहादुर महतोको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिँदा निजलाई बिगो रु.१०,०००।- (दश हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै जिल्ला महोत्तरी मटिहानी नगरपालिका ५ नं. वडा कार्यालयका सहायक कम्प्युटर अपरेटर (करार) अैबुल राईनले जन्म दर्ता बनाउने कार्यका लागि पेश गरेका चाहिने कागजात आफूले लिई सेवाग्राहीसँग घुस/रिसवतका लागि कुराकानी गरी, घुस/रिसवतवापतको रकम लिन मिलेमतो गरी लाग्ने शुल्कको कुरा नगरी सिधै घुस/रिसवत रकम रु.१०,०००।- माग गरी रकम मोलमोलाई गरी आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुस/रिसवत लिने कार्यमा वडा अध्यक्ष राम बहादुर महतोलाई सहयोग गरेकोले निज सहायक कम्प्युटर अपरेटर अैबुल राईनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिँदा निजलाई बिगो रु.१०,०००।- (दश हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24