जिल्ला मकवानपुर, कैलाश गाउँपालिकाका गाउँपालिका अध्यक्ष टंक बहादुर मुक्तानसमेत ६ जनाउपर बिगो रु. २,६०,९००।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०६।१५ गते।
------------------------------------------
 
जिल्ला मकवानपुर, कैलाश गाउँपालिकाको आ.ब. २०७५/०७६ मा युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा कैलाश गाउँपालिकाले आ.ब. २०७५/०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालनबापत भए गरेको कामभन्दा बढी रु.२,६०,९००।- भुक्तानी गरी लिए दिएको पुष्टि हुन आएको र सो कार्यमा देहायका व्यक्तिहरुले देहायबमोजिम कसुर गरेकोले निजहरुलाई देहायबमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
गाउँपालिका अध्यक्ष टंक बहादुर मुक्तान जिल्ला मकवानपुर, कैलाश गाउँपालिका रु.२,६०,९००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरजन्य कार्य भएकोले सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन समेत मागदाबी लिइएको छ ।
संचालक राम कुमार रिजाल फिलिंगो मिडिया  रु.२,६०,९००।– भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम उक्त बिगो जफत हुन समेत मागदाबी लिइएको छ ।
तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर कुसारी,  लेखापाल सुजन श्रेष्ठ आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेल जिल्ला मकवानपुर, कैलाश गाउँपालिका  रु.२,६०,९००।–  भष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरमा सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन समेत मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22