उदयपुर जिल्ला, साविक रामपुर ठोक्सिला गा.वि.स.का तत्कालीन गा.बि.स. सचिव केशव प्रसाद आचार्यसमेत ५ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०६।१२ गते।
------------------------------------------
उदयपुर जिल्ला, साविक रामपुर ठोक्सिला गा.वि.स.का कर्मचारीहरुले सो गा.वि.स.मा विगत ८/१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उदयपुर जिल्ला साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आ.व. ०६३/०६४ देखि आ.व. ०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरुको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईवाट समेत सामाजिक सुरक्षा भत्ता रु. १६,४०,५००।- (सोह्र लाख चालीस हजार पाँच सय रुपैयाँ) हिमामिना गरेको देखिन आएको र सो कार्यमा निम्नबमोजिमका कर्मचारीहरुले निम्न बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर देहाय अनुसार सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एबं दफा ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
देहाय:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालीन गा.वि.स. सचिव हाल मालपोत कार्यालय, उदयपुरमा नायव सुव्बा पदमा कार्यरत  केशव प्रसाद आचार्य  साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर  रु. ९,९०,५००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।
 तत्कालीन गा.वि.स. सचिव हाल रौतामाई गाउपालिका वडा नं ७ को वडा सचिव पदमा कार्यरत खरिदार लोकेन्द्र कार्की साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर रु.७८,०००।–  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।
तत्कालीन गा.वि.स.सचिव पदमा कार्यरत हाल तथ्याङ्क कार्यालय, उदयपुरमा कार्यरत खरिदार विसाल सुन्दास साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर रु. ८२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।
तत्कालीन गा.वि.स. सचिव (ना.सु.) हाल रौतामाई गाउँपालिकाको कार्यालयमा अधिकृत छैटौ पदमा कार्यरत माधव प्रसाद खतिवडा साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर  रु.३,१४,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।
तत्कालीन गा.वि.स. सचिव पदमा कार्यरत (हाल अबकास प्राप्त) शाखा अधिकृत पुष्पराज सिग्देल  साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर रु. १,७६,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ ।

 

प्रवक्ता
नारायण प्रसाद रिसाल
 
 
 
 
 
 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22