साविक नेपाल खाद्य संस्थान, मुख्य शाखा कार्यालय, लाहान, सिराहाका प्रमुख गंगा प्रसाद साहसमेत ४ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०६।०४ गते।
------------------------------------------
नेपाल खाद्य संस्थान शाखा लहानमा वि.सं. २०७५ सालमा नियम विपरीत ७० हजार क्विन्टल धान खरिद गर्दा कमिसन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा साविक नेपाल खाद्य संस्थान, मुख्य शाखा कार्यालय, लहानका कर्मचारी र मिल संचालकसमेतको मिलोमतोमा बदनियतपूर्वक तरिकाले खरिद व्यबस्था निर्देशिका बिपरीत भुक्तानी दिई रु. ९७,०२,७८४।२८ हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको र सो सम्बन्धमा देहायका ब्यक्तिहरुले देहायबमोजिम कसुर गरेको देखिएकोले निजहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
देहाय:
सि.नं. नामथर  कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
कार्यालय प्रमुख गंगा प्रसाद साह र तत्कालीन लेखा प्रमुख सुनिता कुमारी यादव खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा साविक नेपाल खाद्य संस्थान, मुख्य शाखा कार्यालय, लाहान, सिराहा रु. ९७,०२,७८४।२८ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधान बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।
संचालक अशोक कुमार अग्रवाल निलकमल सेलर मिल  रु. ७,५१,१४३।६० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही दफा बमोजिम उक्त बिगो जफत हुन मागदाबी लिइएको छ ।
संचालक लालु प्रसाद अग्रवाल   गिरधारी खाद्य उद्योग  रु. ५८,७५,६१२।१६ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपउफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही दफा बमोजिम उक्त बिगो जफत हुन मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
नारायण प्रसाद रिसाल
 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22