जिल्ला दाङ, सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष दिपक घर्तीसमेत ३ जना उपर बिगो रु. ४,५२,२६५।– कायम गरी गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७८।०६।०४ गते।
------------------------------------------
जिल्ला दाङ, राजपुर गाउँपालिका वडा नं. ७ स्थित सल्लेरी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुसमेतले समुहको कोषको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष दिपक घर्ती, कोषाध्यक्ष पुर्ण बहादुर घर्ती र सचिव निमा चौधरीसमेतले सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शन, २०७१ को बिधान कार्ययोजना बिपरीत बाटो निर्माण, कुलो, चर्पी निर्माण, होटेलबाँस, खानानास्ता लगायत सम्पूर्ण कार्यक्रमहरुको खर्च बिबरण तथा बिल भरपाईसमेत नदेखाई बदनियतपूर्ण ढंगले रु.४,५२,२६५/- खर्च देखाई सार्बजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा तत्कालीन अध्यक्ष दिपक घर्ती, तत्कालीन सचिव निमा चौधरी र कोषाध्यक्ष पूर्ण बहादुर घर्तीसमेतलाई रु.४,५२,२६५।- (चार लाख बाउन्न हजार दुई सय पैसठ्ठी रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको उक्त बिगो रकम निजहरुबाट जफत हुन समेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Download