तनहुँ जिल्ला साविकको घाँसीकुवा गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव रामराज न्यौपानेसमेत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।२७ गते।
------------------------------------------
 
तनहुँ जिल्ला, घाँसीकुवा गा.वि.स.मा दशै खर्च, परिषद्‍ तयारी खर्च भनी १/१ महिनाको तलब थप लिने गरेको, परिषद्को निर्णय बिना आर्थिक सहायता दिने गरेको, Consultant नियुक्ति पछि गरी पहिल्यै देखिको सम्झौता बनाई रकम भुक्तानी गरेको, जिन्सी खाता नरहेको, विभिन्न फोटोकपी बिल राखी खर्च लेख्ने गरेको, धेरैजसो योजनाका इस्टिमेट र कार्य सम्पन्न प्रतिवेदनमा जिम्मेवार व्यक्तिको हस्ताक्षर नभएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन घाँसीकुवा गाउँ विकास समितिमा आ.व. २०७०/०७१ र आ.व. २०७१/०७२ मा बिभिन्न शीर्षकमा गरी जम्मा रु. १,४७,३६४।७५ बराबरको सरकारी रकम हिनामिना एवं हानिनोक्सानी भएको देखिएको र सो कार्यमा देहायका व्यक्तिहरुले देहाय अनुसारको कसुर गरेको देखिएकोले निजहरुउपर देहायबमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं. नामथर  कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालीन गा.वि.स. सचिव रामराज न्यौपाने साविक घाँसीकुवा गा.वि.स. तनहुँ रु. १,४७,३६४।७५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
तत्कालीन इन्जिनियर शुकदेव अधिकारी तत्कालीन जिल्ला प्राविधिक कार्यालय, तनहुँ रु. ६३,७५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
तत्कालीन योजना अधिकृत गणेश घिमिरे  तत्कालीन जिल्ला विकास समितिको कार्यालय तनहुँ  रु. ६३,७५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
तत्कालीन इन्जिनियर तिर्थराज ढुङ्गाना तत्कालीन जिल्ला प्राविधिक कार्यालय, तनहुँ  रु. ७२,२५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
तत्कालीन अधिकृत ऋषिभक्त वाग्ले तत्कालीन जिल्ला विकास समितिको कार्यालय तनहुँ  रु. ७२,२५०।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहायको खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त रकम असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।
रजिष्टर लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनाल  साविक घाँसीकुवा गा.वि.स. तनहुँ - भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा (१) बमोजिम निजहरुलाई सजाय हुन मागदाबी लिइएको छ ।
 
 
प्रवक्ता
नारायण प्रसाद रिसाल
 
 
 
 
 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22