नेपाल बैक लिमिटेड मंलगवा शाखा, सर्लाहीको सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जनाउपर बिगो रु. ४२,००,०००।- कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।२२ गते।
------------------------------------------

सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई रु.४२,००,०००।- भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले र सो सम्बन्धमा देहायका उल्लेखित ब्यक्तिहरुले देहायबमोजिम कसुर गरेको देखिंदा निजहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
(क) नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा रु. ४२,००,०००।- को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा रु. ४२,००,०००।- लोकबीर बेताली/पाँच कुमारी जे.भी.का शिबनन्दन पासवानले नगरपालिकाबाट भुक्तानी लिएको देखिएकोले निज सन्तोष बिक्रम शाहले उक्त रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु. रु. ४२,००,०००।- (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन मागदाबी लिइएको छ ।

(ख) लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्‍ता र शिब नन्दन पासवानले नेपाल बैंक लिमिटेड मलंगवा, सर्लाही शाखाका तत्कालीन सहायक सन्तोष विक्रम शाहसँगको मिलोमतोमा रु. ४२,००,०००।- को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गर्न लगाई उक्त रकम भुक्तानीसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) को कसुर गरेको हुँदा निजहरुउपर बिगो रु. ४२,००,०००।- (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय हुन र उक्त बिगो जफत समेत हुन मागदाबी लिइएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24