साविक राम जनता आधारभूत बिद्यालय, सर्लाहीका तत्कालीन प्रधानाध्यापक राम लखन चौधरी र शिक्षक रबिन्द्र नाथ चौधरीउपर नक्कली अध्यापन अनुमतिपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।०९ गते।
------------------------------------------

राम जनता आधारभूत बिद्यालयमा पि.सि.एफ. शिक्षकको रुपमा कार्यरत रविन्द्र नाथ चौधरीले नक्कली अध्यापन अनुमति पत्र पेश गरी अध्यापन गराएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन सोही बिद्यालयका प्रधानाध्यापक राम लखन चौधरीको मिलेमतोमा निजले नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाई झुठ्ठा प्रमाणपत्र पेश गरी राम जनता आधारभूत बिद्यालय, चन्द्रनगर ३, बड्कुर्वा सर्लाही (साविक राम जनता निम्न माध्यमिक बिद्यालय बबरगञ्ज २, सर्लाही) मा अध्यापन गराएको स-प्रमाण पुष्टि भएकोले निज रविन्द्र नाथ चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै, राम लखन चौधरीले आफू प्रधानाध्यापक रहेकै समयमा रविन्द्र नाथ चौधरीलाई नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाउन मतियारको भूमिका निर्वाह गरी पि.सि.एफ.  शिक्षकको हैसियतमा नियुक्ति दिएको स-प्रमाण पुष्टि भएकोले निज राम लखन चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा(१) को कसूरको मतियार भई ऐ. ऐनको दफा २२ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24