जिल्ला बन कार्यालय, बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।०८ गते।
------------------------------------------
तत्कालीन जिल्ला वन कार्यालय, बारामा आ.व. २०७३/०७४ मा बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका विउ खरिद गरी छर्ने समेतको कार्य गर्नको लागि लिएको पेश्की रकम हिनामिना गरेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वन कार्यालय, बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि, बाँसको कलमी बिरुवा उत्पादन वा खरिद तथा सदुपयोगको लागि र नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ खरिद गरी छर्नको लागि बढी मूल्यमा महंगोमा खरिद गरी रकम हिनामिना एवं हानिनोक्सानी भएको देखिएकोले देहायका पदाधिकारीहरुलाई देहायबमोजिम सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
१ तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे जिल्ला वन कार्यालय, बारा रु.४,९०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुन समेत मागदाबी लिइएको छ ।
२ तत्कालीन सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल  ऐ.ऐ. रु.४,९०,०००।-  भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय माग गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुन समेत मागदाबी लिइएको छ ।
३ तत्कालीन सहायक वन अधिकृत दिनेश प्रसाद जायसवाल ऐ.ऐ. रु.३,९०,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुनसमेत मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24