जिल्ला बन कार्यालय, बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।०८ गते।
------------------------------------------
तत्कालीन जिल्ला वन कार्यालय, बारामा आ.व. २०७३/०७४ मा बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका विउ खरिद गरी छर्ने समेतको कार्य गर्नको लागि लिएको पेश्की रकम हिनामिना गरेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वन कार्यालय, बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि, बाँसको कलमी बिरुवा उत्पादन वा खरिद तथा सदुपयोगको लागि र नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ खरिद गरी छर्नको लागि बढी मूल्यमा महंगोमा खरिद गरी रकम हिनामिना एवं हानिनोक्सानी भएको देखिएकोले देहायका पदाधिकारीहरुलाई देहायबमोजिम सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे जिल्ला वन कार्यालय, बारा रु.४,९०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुन समेत मागदाबी लिइएको छ ।
तत्कालीन सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल  ऐ.ऐ. रु.४,९०,०००।-  भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय माग गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुन समेत मागदाबी लिइएको छ ।
तत्कालीन सहायक वन अधिकृत दिनेश प्रसाद जायसवाल ऐ.ऐ. रु.३,९०,०००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो रकम निजबाट असुल हुनसमेत मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26