राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा रही जिल्ला ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवान उपर बिगो रु. ३०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।०२ गते।
------------------------------------------

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवानले भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग रु. ३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटि गएको टोलीले निज राजन पासवानलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिएको अवस्थामा नियन्त्रणमा लिई यस आयोगमा बुझाएको थियो ।

अनुसन्धानको सिलसिलामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा रही जिल्ला ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं. 1 को कार्यालयमा खटिएका सव-इन्जिनियर राजन पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भनी रु.३०,०००।- घुस/रिसवत माग गरी लिएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज राजन पासवानलाई बिगो रु.३०,०००।- (तीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26