पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्‍चोकका तत्कालीन योजना प्रमुख बिजय चापागाईसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०४।१२ गते।
------------------------------------------
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत खोटाङ जिल्लास्थित चेनेज ४२+००० देखि ८८+५०० खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौता अनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनपर्ने भन्दा फरक व्यहोराको भेरिएसन पेश गरी, सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत विना कुनै निर्णय फिल्डमा काम गरी/गराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम Overlap गरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम Overlap भई एउटा ठेक्‍काबाट DPR अनुसारको इष्टिमेट तयार भई भएको काम Earthwork को भुक्तानी भइसके पछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने कार्य गरी रु. ६८,९३,७७८।५ हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएकोले देहायबमोजिमका व्यक्तिहरूलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं ३५ वमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालीन योजना प्रमुख बिजय चापागाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्‍चोक रु.६८,९३,७७८।५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (१) बमोजिम उक्त बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन इन्जिनियर दिपक कुमार खड्का ऐ.ऐ. रु.६८,९३,७७८।५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र उक्त विगो सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन समेतको मागदाबी लिइएको छ । 
तत्कालीन सव-इन्जिनियर गजेन्द्र प्रसाद राउत ऐ.ऐ. रु.६८,९३,७७८।५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र उक्त विगो सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन समेतको मागदाबी लिइएको छ ।
तत्कालीन लेखा अधिकृत दुर्ण प्रसाद फुयाल ऐ.ऐ. रु.२१,४९,८१८।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनको सोही दफाको प्रावधानवमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी उक्त विगो सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिइएको छ ।
प्रबन्ध निर्देशक रवि सिंह महादेव खिम्ती निर्माण सेवा प्रा.लि. काठमाण्डौ  रु.६८,९३,७७८।५  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत हुन मागदावी लिइएको छ ।

 

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22