महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसमेत ३ जनाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।३१ गते ।
----------------------------------------------------

महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्र.ह. तारा कुमारी श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीद्वारा निज तारा कुमारी श्रेष्ठलाई सेवाग्राहीबाट घुस/रिसवत लिई Old Town Café and Pub Restaurant Chabahil  का संचालक अनिश जोशीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निजहरु दुवैलाई मिति २०७७।११।२३ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्र.ह. तारा कुमारी श्रेष्ठले थुनामा रहेको व्यक्ति धरौटीमा छुटाईदिने भनी सेवाग्राहीबाट रु.६०,०००।– घुस/रिसवत माग गरी अनिश जोशीलाई  लिन लगाई आफूले अनिशबाट उक्त रकम लिने गरी गरिएको प्रस्तुत कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएकोले निज तारा कुमारी श्रेष्ठ उपर बिगो रु. ६०,०००।- (साठी हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ । 

यसै गरी अनिश जोशीले तारा कुमारी श्रेष्ठले भनेबमोजिम थुनाबाट छुटाउन भनी सेवाग्राहीबाट तारा कुमारी श्रेष्ठको लागि रु.६०,०००।- लिएको प्रमाणित हुन आएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्य भएकोले  निज उपर बिगो रु.६०,०००।- (साठी हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै थुनामा रहेको व्यक्ति छुटाउन भनी सेवाग्राहीबाट अनिश जोशीले लिई तारा कुमारी श्रेष्ठलाई दिएको रु.६०,०००।– मध्येबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयका कार्यालय सहयोगी (करार) को रूपमा कार्यरत राम खड्काले तारा कुमारी श्रेष्ठबाट रु.३०,०००।- लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरजन्य कार्य भएकोले निज राम बहादुर खड्का उपर बिगो रु.३०,०००।-(तीस हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

 

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24