नेपाल प्रहरीका प्रहरी हवल्दार बाबुराम घिमिरेसमेत २ जना उपर बिगो रु. ३,९९,५००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२९ गते ।
----------------------------------------

        सुन व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो (CIB) मा भएको मुद्दा मिलाई दिने भनी अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार बाबुराम घिमिरेले रु.३,९९,५००।- घुस/रिसवत लिएको कसुरमा मुलुकी अपराध संहिता, २०७४ समेतको कसुरमा अनुसन्धान तहकिकात पुरा गरी केन्द्रीय अनुसन्धान व्यूरोले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि आरोपित प्रहरी हवल्दार बाबुराम घिमिरे राष्ट्रसेवक भएको आधारमा भ्रष्टाचारको रोहमा पनि अनुसन्धान हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कल मिसिलसाथ पत्र प्राप्त भई उजुरी दर्ता सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी हवल्दार बाबुराम घिमिरेले सेवाग्राहीलाई सुन तस्करको मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा भएको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने डरत्रास धम्की दिई प्रतिवादी राजकुमार स्वर्णकारसँग मिली घुस/रिसवतवापत रकम माग गरी रु.३,९९,५००।-  लिएको पुष्टि हुन आएकोले निज प्र.ह. बाबुराम घिमिरेको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजलाई बिगो रु.३,९९,५००।-(तीन लाख उनान्सय हजार पाँच सय रुपैयाँ) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सजाय मागदाबी लिने र प्रतिवादी राजकुमार स्वर्णकारको हकमा निजले प्रहरी हवल्दार बाबुराम घिमिरेसँग मिली सेवाग्राहीबाट रु.३,९९,५००।- घुसवापत लिएको हुँदा निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्य भएकोले निज राजकुमार स्वर्णकारलाई बिगो रु.३,९९,५००।- (तीन लाख उनान्सय हजार पाँच सय रुपैयाँ)  कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (२) को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदाफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता 
नारायण प्रसाद रिसाल 

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24