बारपाक सुलिकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।



प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२७ गते ।
----------------------------------------------

बारपाक सुलिकोट गाउँपालिका वाड नं. ७, गोरखास्थित झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माणको लागि आर्थिक वर्ष ०७५/०७६ मा रकम विनियोजन भै ठेकेदार अमर गुरुङले उल्लिखित सडक निर्माणको कार्य गरेको,  निजले सडक निर्माणको कार्य गर्दा इष्टिमेट अनुसार काम नगरी इन्जिनियर र ठेकेदार मिली रकम हिनामिना गरेको हुँदा छानविन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा देहायबमोजिमका व्यक्तिहरुले देहायबमोजिमको कसुर गरेको हुँदा निजहरुलाई निम्नानुसारको सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४९ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

(क) बारपाक सुलिकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईले बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत झाक्रीचोक धारापानी देउराली बहाकोट सडक निर्माण कार्य अन्तर्गत Soft Soil को भए-गरेको वास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने बढी रकम रु. ३,६८,४२०।१७ (भ्याट सहित) बढाई Field Measurement Sheet, Field Measurement गरी तयार पारेको विस्तृत लागत, नापी किताव र कार्यसम्पन्न प्रतिवेदन, गोश्वारा भौचर तयार तथा निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा.लि.का अमर बहादुर गुरुङसँगको मिलेमतोमा उक्त बढी रकम रु.३,६८,४२०।१७ (भ्याटसहित) भुक्तानी गरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याई सार्वजनिक सम्पत्तिको हिनामिना गरी निजहरु शिव बहादुर गुरुङ, गंगा बहादुर घले र सुजन अंगाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको पुष्टि भएको देखिँदा निजहरुलाई बिगो रु.३,६८,४२०।१७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल हुनसमेत मागदाबी लिइएको छ ।  

(ख) निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा.लि.का अमर बहादुर गुरुङले बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईसंग मिलेमतो गरी शपथ, कबुलियत र सम्झौताको पालना नगरी आफूलाई गैरकानूनी लाभ तथा नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिमको कसुर गरेको पुष्टि भएको देखिँदा निज अमर बहादुर गुरुङलाई बिगो रु.३,६८,४२०।१७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजायको मागदावी लिइएको छ ।


प्रवक्ता 
नारायण प्रसाद रिसाल 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24