निलकण्ठ सव-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत (आठौं तह) कृष्ण प्रसाद पौडेलउपर बिगो रु. ४०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धि आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२५ गते ।
----------------------------------------------

निलकण्ठ सव-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेलले ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने रु. ४०,०००।– दिनुपर्छ भनी घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले निज कृष्ण प्रसाद पौडेललाई सेवाग्राहीबाट रु. ४०,०००।– (चालीस हजार रुपैयाँ) घुस/रिसवत लिएको अवस्थामा निजलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा निलकण्ठ सव-डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत (आठौं स्तर) कृष्ण प्रसाद पौडेलले सेवाग्राहीको काठ सम्बन्धमा अनुसन्धान गर्ने भनी वन कार्यालयमा लगे पश्चात  सेवाग्राहीले फर्निचर सम्वन्धी सम्पूर्ण कागजातहरु पेश गर्छु भन्दा पनि  घुस/रिसवत वापत रु. ४०,०००।- दिन बाध्य तुल्याई आफ्नो ओहोदा र पदिय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी घुस/रिसवत वापतको रकम लिएको पुष्टी हुन आएको हुँदा निज सहायक वन अधिकृत (आठौं स्तर) कृष्ण प्रसाद पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिदाँ निजलाई बिगो रु. ४०,००० (चालिस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) वमोजिम सजायँ हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता 
नारायण प्रसाद रिसाल 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24