साविक लहँ गा.वि.स.को कार्यालय, जाजरकोटका तत्कालीन सचिवद्वय दोर्ण प्रसाद पौडेल र दिपक सुनार उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२७ गते ।
--------------------------------------------

साविक लहँ गा.वि.स.को कार्यालय, जाजरकोटमा तत्कालीन समयमा कार्यरत सचिवसमेतको मिलेमतोमा नेपाल सरकारबाट उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई नबुझाई किर्ते हस्ताक्षर ल्याप्चे गरी बुझी भरपाई खडा गर्नुका साथै मृत्यु भइसकेको कतिपय व्यक्तिको नाउँको भत्ता निकासा लिई हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक लहँ गा.वि.स.मा तत्कालीन समयमा सचिव पदमा कार्यरत दोर्ण प्रसाद पौडेलले बिभिन्न आ.व. मा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी रु. ५,९३,२००।– सम्बन्धित  व्यक्तिहरुलाई नबुझाई अनियमित तवरले खर्च देखाई सरकारी रकम हानिनोक्सानी एवं हिनामिना गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा निज दोर्ण प्रसाद पौडेललाई बिगो रु.५,९३,२००।– (पाँच लाख त्रियानव्वे हजार दुई सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त बिगो रकम निजबाट असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

साथै साविक लहँ गा.वि.स.मा तत्कालीन समयमा सचिव पदमा कार्यरत दिपक सुनारले बिभिन्न आ.व. मा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी रु.४,४०,४००।- सम्बन्धित व्यक्तिहरुलाई नबुझाई अनियमित तवरले खर्च देखाई सरकारी रकम हानिनोक्सानी एवं हिनामिना गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा निज दिपक सुनारलाई बिगो रु.४,४०,४००।–(चार लाख चालीस हजार चार सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त बिगो रकम निजबाट असुलउपर हुनसमेत मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26