साविक लहँ गा.वि.स.को कार्यालय, जाजरकोटका तत्कालीन सचिवद्वय दोर्ण प्रसाद पौडेल र दिपक सुनार उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२७ गते ।
--------------------------------------------

साविक लहँ गा.वि.स.को कार्यालय, जाजरकोटमा तत्कालीन समयमा कार्यरत सचिवसमेतको मिलेमतोमा नेपाल सरकारबाट उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई नबुझाई किर्ते हस्ताक्षर ल्याप्चे गरी बुझी भरपाई खडा गर्नुका साथै मृत्यु भइसकेको कतिपय व्यक्तिको नाउँको भत्ता निकासा लिई हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक लहँ गा.वि.स.मा तत्कालीन समयमा सचिव पदमा कार्यरत दोर्ण प्रसाद पौडेलले बिभिन्न आ.व. मा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी रु. ५,९३,२००।– सम्बन्धित  व्यक्तिहरुलाई नबुझाई अनियमित तवरले खर्च देखाई सरकारी रकम हानिनोक्सानी एवं हिनामिना गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा निज दोर्ण प्रसाद पौडेललाई बिगो रु.५,९३,२००।– (पाँच लाख त्रियानव्वे हजार दुई सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त बिगो रकम निजबाट असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

साथै साविक लहँ गा.वि.स.मा तत्कालीन समयमा सचिव पदमा कार्यरत दिपक सुनारले बिभिन्न आ.व. मा सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गर्दा झुठा कागज तयार गरी रु.४,४०,४००।- सम्बन्धित व्यक्तिहरुलाई नबुझाई अनियमित तवरले खर्च देखाई सरकारी रकम हानिनोक्सानी एवं हिनामिना गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा निज दिपक सुनारलाई बिगो रु.४,४०,४००।–(चार लाख चालीस हजार चार सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त बिगो रकम निजबाट असुलउपर हुनसमेत मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24