श्री सरस्वती आधारभूत विद्यालय, भिल्मी कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२३ गते ।
----------------------------------------------------

जिल्ला कपिलवस्तु साविक भिल्मी गा.वि.स. वडा नं. ४ स्थित श्री सरस्वती आधारभूत विद्यालय, भिल्मीका प्रधानाध्यापक दिनेश कुमार विश्वकर्माले नेपाल सरकारबाट दिइएको विभिन्न शीर्षकको अनुदान रकमलार्इ नेपाल सरकारको नीति, नियम एवं कानूनबमोजिम खर्च नगरी आफू खुशी खर्च गरिरहेको, विद्यालयमा शिक्षक भर्ना, पि.सि.एफ. छात्रवृति, पाठ्यपुस्तक, दिवाखाजा लगायतमा आएको रकम दुरुपयोग गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला शिक्षा कार्यालय, कपिलवस्तुबाट श्री सरस्वती आधारभूत विद्यालय, भिल्मी कपिलवस्तुका लागि आ.व. २०६८।०६९ देखि २०७२।०७३ सम्म छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शिर्षकमा निकासा भई खर्च हुन नसकेको रकममध्ये विद्यालयका तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शकिल मियांको कार्यकालमा रु. ३,७१,७०१।- र प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीको कार्यकालमा रु.२२,१४९/-  निकाली हिनामिना गरी नेपाल सरकारलाई हानिनोक्सानी र आफूहरुलाई फाईदा पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिँदा तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्माको हकमा बिगो रु.३,९३,७५०/- (अक्षरेपी तीन लाख त्रियानब्बे हजार सात सय पचास रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको ।

साथै, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शकिल मियांको हकमा बिगो रु.  ३,७१,७०१/- (अक्षरेपी तीन लाख एकहत्तर हजार सात सय एक रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी पाउन र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीलाई बिगो रु.२२,१४९/- (अक्षरेपी बाइस हजार एक सय उनान्चास रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी पाउन एवं हिनामिना भएको बिगो रु.३,९३,७५०/- मध्ये तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शकिल मियांबाट रु.३,७१,७०१/- तथा तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा तथा तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीबाट रु.२२,१४९/- असुल हुन समेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25