श्री सरस्वती आधारभूत विद्यालय, भिल्मी कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७८।०३।२३ गते ।
----------------------------------------------------

जिल्ला कपिलवस्तु साविक भिल्मी गा.वि.स. वडा नं. ४ स्थित श्री सरस्वती आधारभूत विद्यालय, भिल्मीका प्रधानाध्यापक दिनेश कुमार विश्वकर्माले नेपाल सरकारबाट दिइएको विभिन्न शीर्षकको अनुदान रकमलार्इ नेपाल सरकारको नीति, नियम एवं कानूनबमोजिम खर्च नगरी आफू खुशी खर्च गरिरहेको, विद्यालयमा शिक्षक भर्ना, पि.सि.एफ. छात्रवृति, पाठ्यपुस्तक, दिवाखाजा लगायतमा आएको रकम दुरुपयोग गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला शिक्षा कार्यालय, कपिलवस्तुबाट श्री सरस्वती आधारभूत विद्यालय, भिल्मी कपिलवस्तुका लागि आ.व. २०६८।०६९ देखि २०७२।०७३ सम्म छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शिर्षकमा निकासा भई खर्च हुन नसकेको रकममध्ये विद्यालयका तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शकिल मियांको कार्यकालमा रु. ३,७१,७०१।- र प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीको कार्यकालमा रु.२२,१४९/-  निकाली हिनामिना गरी नेपाल सरकारलाई हानिनोक्सानी र आफूहरुलाई फाईदा पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिँदा तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्माको हकमा बिगो रु.३,९३,७५०/- (अक्षरेपी तीन लाख त्रियानब्बे हजार सात सय पचास रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको ।

साथै, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शकिल मियांको हकमा बिगो रु.  ३,७१,७०१/- (अक्षरेपी तीन लाख एकहत्तर हजार सात सय एक रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी पाउन र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीलाई बिगो रु.२२,१४९/- (अक्षरेपी बाइस हजार एक सय उनान्चास रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी पाउन एवं हिनामिना भएको बिगो रु.३,९३,७५०/- मध्ये तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शकिल मियांबाट रु.३,७१,७०१/- तथा तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मा तथा तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीबाट रु.२२,१४९/- असुल हुन समेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24