जिल्ला बारा साविक अमलेखञ्ज गा.बि.स. हाल जीतपुरसिमरा उप-महानगरपालिकाको तत्कालीन गा.बि.स. सचिव बिजयकान्त झा उपर बिगो रु. २,८१,७३५।२९ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७८।०२।३० गते ।
----------------------------------------------------

जिल्ला बारा साविक अमलेखञ्ज गा.बि.स. हाल जीतपुरसिमरा उप-महानगरपालिकाको तत्कालीन गा.बि.स. सचिव बिजयकान्त झाले आ.ब. २०७०/०७१ र २०७१/०७२ को आयब्यय पारदर्शी नगरेको, लक्षित वर्गलाई वितरण गर्नुपर्ने रकम वितरण नगरेको, मनोमानी ढंगले गाउँ परिषद् नभएको योजना उपभोक्ता समिति गठन नगरी किर्ते बिल बनाई किर्ते सहिछाप गरी रकम निकासी गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा निज बिजय कान्त झाले साविक अमलेखञ्ज गा.वि.स. मा सम्पन्न गरेका कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा जम्मा रु.१,३४,२३५।२९ बढी भुक्तानी गरेको देखिएको साथै सोही गा.बि.स.मा लक्षितवर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखापरीक्षण प्रतिवेदन अनुसार निकासा भएको देखिएको रु.२,९१,०००।- रकम खर्च गरेको देखिएतापनि सो खर्चमध्ये रु.१,४७,५००।- को बिल भरपाई पेस गरेको नदेखिएकोले साविक अमलेखगञ्ज गा.वि.स.का तत्कालीन सचिव विजयकान्त झाले गा.वि.स.मा संचालित योजनाहरुमा निजले बढी मूल्याङ्कन गराई बदनियतपूर्ण ढंगले जम्मा रु.२,८१,७३५।२९ वास्तविक खर्चभन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजलाई रु.२,८१,७३५।२९ (दुई लाख एकासी हजार सात सय पैंतीस रुपैयाँ उनान्तीस पैसा ) रकम कुल बिगो कायम गरी निजले गरेको उल्लेखित कसुरवापत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र निजले हिनामिना गरेको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26