धार्चे गाउँपालिका, गाउँ कार्यपालिका गोरखाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१२।३० गते ।
----------------------------------------------------
जिल्ला गोरखा, नौलीखोला तेश्रो लघु जलविद्युत आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सरकारी रकम हिनामिना भएको देखिएकोले देहाय वमोजिमका व्यक्तिहरुलाई देहाय वमोजिमको कसुरमा देहाय वमोजिमको सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

(क) धार्चे गाउँपालिका, गाउँ कार्यपालिका गोरखाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, तत्कालीन समयमा कार्यरत इन्जिनियर प्रविन वस्ती र सव-इन्जिनियर राम नारायण चौधरीले नौलीखोला तेस्रो जलविद्युत्‍ आयोजनाको भुक्तानी दिने चरणमा उक्त योजनाको अनुगमन/निरीक्षण पश्चात काम भए नभएको यथार्थ विवरण एकिन नगरी वास्तविक भएको कामभन्दा बढी मूल्याङ्कन गरी पेश हुन आएको झुट्ठा बिल भरपाई,  स्थलगत रुपमा गई नापजाँच नगरी गलत नापी किताव प्रतिवेदन तयार, कार्य सम्पन्‍न प्रतिवेदन लगायतका कागजातहरु सदर गरी बढी रकम रु.१०,६३,०५७।६६  भुक्तानी दिई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) तथा ऐ. दफा १९ को उपदफा (२) बमोजिमको कसुर अपराध गरेको देखिन आएकोले निजहरुलाई बिगो रु.१०,६३,०५७।६६ (दश लाख त्रिसठ्ठी हजार सन्ताउन्न रुपैया छैसठ्ठी पैसा मात्र)  कायम गरी ऐ.ऐ. ऐनको दफा ८ उपदफा (१) तथा दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र हानिनोक्सानी भएको बिगोसमेत ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम निजहरुबाट असुलउपर गरी पाउन मागदाबी लिइएको छ ।

 (ख) नौलीखोला तेस्रो लघु जलविद्युत्‍ आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले उक्त आयोजना निर्माण गर्दा प्राविधिक समेतको मिलेमतोमा कामभन्दा बढी मूल्याङ्कन गरी/गर्न लगाई झुट्ठा बिल भरपाई बनाई बदनियत राखी झुट्ठा बिल भरपाई बनाई, नभएको कामको कार्य सम्पन्‍न प्रतिवेदन तयार गरी बढी रकम रु.१०,६३,०५७।६६ भुक्तानी लिई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर अपराध गरेको देखिन आएकोले निजहरुलाई बिगो रु.१०,६३,०५७।६६ (दश लाख त्रिसठ्ठी हजार सन्ताउन्न रुपैया छैसठ्ठी पैसा मात्र) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को  उपदफा (४) वमोजिम उक्त बिगो जफत हुन समेत मागदाबी लिइएको छ । 

 (ग) वडा नं. ७ का वडा अध्यक्ष  तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङले धार्चे गाउँपालिका वडा नं. ७ मा अवस्थित नौलीखोला तेस्रो लघु जलविद्युत्‍ आयोजनासँग सम्बन्धित वडा नं. ७ का वडा अध्यक्ष तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङले आफ्नो वडाभित्रका योजनाहरुको अनुगमन/सुपरीवेक्षण गरी भए गरेका कार्यहरुको मात्र भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा आफ्नो पदीय दायित्व पूरा नगरी उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक समेतको मिलेमतोमा राज्यको सम्पत्ति हानिनोक्सानी गर्ने मनसायले बदनियत राखी कार्य सम्पन्‍न भएको भनी गलत अनुगमन प्रतिवेदन तयार गरी/गर्न लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर अपराध गरेको देखिन आएकोले निज वडा अध्यक्ष सूर्यमान गुरुङलाई ऐ.ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनको लागि मागदाबी लिइएको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24